Logo

‘विद्युत् खपतमा समस्या हुँदैन’



काठमाडौं, मंसिर ६ । बिजुली उत्पादन गर्न सके यसको खपतमा समस्या नहुने ऊर्जा क्षेत्रका विज्ञले बताएका छन्। क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन र ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौंमा बिहीबार सुरु भएको ऊर्जा सम्मेलन २०१९ मा उनीहरूले यस्तो बताएका हुन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानले संयुक्त रूपमा आयोजना गरेको दुई दिने सम्मेलनमा ऊर्जामन्त्री वर्षामान पुनले क्षेत्रीय विकासमा ऊर्जाको महत्वबारे छलफल हुने बताए। नेपालले ऊर्जा उत्पादन बढाउने नीति लिएको छ। ऊर्जा दशकसमेत घोषणा गरेर वार्षिक विद्युत् उत्पादन गर्न थालिएको छ।

ऊर्जा क्षेत्रको विकासमा संयुक्त लगानीलाई अगाडि बढाउने, विदेशी लगानी प्रवद्र्धन गर्ने उपयुक्त वातावरण तय भएको मन्त्री पुनको भनाइ छ। उत्पादित विद्युत् नेपालमा मात्रै खपत नहुने भएकाले भारत र बंगालादेशको बजार खोजी गर्न थालिएको छ। यसका लागि नेपालले विद्युत् व्यापारमा सहजीकरणको बाटो खोज्न थालेको मन्त्री पुनले बताए।

सोही अवसरमा भुटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माले नेपालमा उत्पादित बिजुली भारत, बंगलादेश र भुटानसम्म पुर्‍याउन सकिने बताएको आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्