Logo

ढुक्क हुनुहोस् ! अब विकास निर्माणमा ढिलासुस्ती हुनदिन्न- वसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री



काठमाडौं, ६ मंसिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिने बताएका छन् । पूर्वाधार विकासमा कानुन बनाएर छिटोछरितो काम गरिने योजना सुनाएका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
अब जनताले विकास र समृद्धिको यात्र हेर्न पाउँछन् ?
‘सुखी नेपाली समृद्ध नेपाल’ महान अभियानसँगै नेपाली जनताले विकास समृद्धिको मात्रामा मुलुक अगाडि बढेको हेर्न पाउँछन् । योसँगै भौतिकपूर्वाधारको ठूलाठूला आयोजनाहरुको निर्माणको आवश्यकता छ । २१ महिनाको अवधिमा यसको सुरुआत भएको छ । चाहे ठूला–ठूला जलमार्गको निर्माण होस् वा सडक यातायातको निर्माणको सुरुआत । चाहे त्यो भइरहेका अव्यवस्थित सडक यातायातको व्यवस्थापनको कुरा होस् । यी सबैको निर्माणमा दत्तचित्त भएर नेकपाको सरकार अगाडि बढ्ने छ ।
पूर्वमन्त्री रघुवीर महासेठले पनि राम्रो कामको थालनी गरेर जानुभएको छ । उहाँले थालनी गरेका राम्रा कामलाई निरन्तरता दिँदै पुरा गर्ने र नयाँ कामको थालनी गर्ने हो । उहाँलाई सघाउने मन्त्रालयका प्राधिविकदेखि सबै दक्ष र इमान्दार हुनुहुन्छ । उहाँहरुकै सहयोगबाट आउने दिनमा पनि काम गर्नुपर्छ । आगामी दिनमा मैले पनि उहाँले थालनी गरेका कामलाई निरन्तरता दिने हो ।
प्रधानमन्त्रीले भ्रष्टाचार रहित समाज निर्माण गर्ने भन्नुभएको छ, त्यसलाई टेकेर यो देशको सकड सञ्चाललाई कसरी अगाडि बढाउनुहुन्छ ?
हाम्रो देशमा पहिला सडक सञ्चालको ठूलो खाँचो थियो । विकासको स्रोत भनेकै सडक विस्तार हो । जनताको पहिलो चाहना पनि सडक नै भयो । विरामी हुँदा एम्बुलेन्सको सुविधा चाहियो, त्यसको लागि सडककै आवश्यकता पर्छ । पहिला साना गाडी जाने सडक मात्रै थियो । पछि अभैm ठूलो ट्रक, बस हिड्ने पिच भएको सडक जनताले खोजे । त्यो आवश्यकतालाई परिपूर्ति गर्नको लागि बढाउँदै लगिएको छ । बाटोको स्तर उन्नति र निर्माणको समृद्धि भएको यही हो । त्यो समयक्रमसँगै विकसित हुँदै जाने हो ।
तपाईंको कार्यकालमै सडक सञ्चालसँगै रेल पनि आउँछ ?
यो सरकारको अवधि पाँच वर्षको छ । त्यसभित्र धेरै सडक स्तरउन्नति हुँदैछ, हुन्छ । हिजो रेलको अध्ययनसम्म भएको थिएन । अहिले त्यसको सुरुआत भएको छ । जयनगरको रेल केही दिनमै उद्घाटन हुन्छ क्रमशः हुँदै जाने हो । अब आउने रेलहरु छिटोछरितो खालका हुनेछन् । कामको सुरुआत भएको छ नि । हिजो सुरु गरिएको पुरा हुँदै जान्छन् । आज सुरु भएका भोलि पुरा हुन्छन् । पहिला थालनी भएका कामहरुलाई निरन्तरता दिँदै नयाँ पनि थालनी गर्ने हो ।
काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई वर्तमान सरकारले कारबाही गर्न सक्छ ?
विगतमा पनि देखिएको छ, सार्वजनिक खरिद नियमावली संसोधनमा सुधारको सुरुवात भएको छ । यो सरकार भर्खर दोस्रो वर्षमा प्रवेश गर्दैछ । यो अवधिमा भ्रष्टाचार रहित काम गर्न हरेक मन्त्रालयमा थालनी भएको छ । अभैm केही नीति नियमहरु आवश्यक त्यो पनि बनाउन सकिन्छ । त्यो बनाउन सक्ने हामीसँग बहुमत छ, त्यसैले ढुक्क हुनुहोस् यो त सुरु पो हो ।
सरकारले निष्पक्ष काम गर्न विगतमा सकेको थिएन, अब गर्छ ?
हिजो पनि गरेको छ नि । यो सरकार बनेको बल्ल दुई वर्ष पुग्दै छ । यसलाई पाँच वर्ष पखेर हुर्नुस् न । त्यहाँबाट तपाईंले रिजल्टहरु देख्न थाल्नुहुन्छ । काम गर्छुभन्दा मान्छेहरु हाँस्छन् । अहिले थालिएको काम दुई÷तीन वर्ष त लागिहाल्छ नि । ठूला परियोजनाहरु कुनै १० वर्ष लाग्नसक्छन् । कुनै १५ वर्ष पनि लाग्छ सक्छ । त्यसैले विकास निर्माणका काम भन्ने बित्तिकै हुने होइनन् । तर, त्यसको थालनी गर्नु ठूलो कुरा हो । त्यो थालनी सबै क्षेत्रमा राम्रोसँग भएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्