Logo

कालाबजारिया र अनियमितता गर्ने कसैलाई छाड्दिन- लेखराज भट्ट, आपूर्तिमन्त्री



काठमाडौं, ६ मंसिर । भूमिगत काल देखि नै चर्चाआ आइरहने नेता हुन् लेखराज भट्ट । सुदुरपश्चिम क्षेत्रका भट्ट राजनीतिक अडान लिने नेताको परिचय बनाउन सफल छन् । भट्ट पुर्नगठित मन्त्रिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

तपाईंको कार्यकालमा जनचाहना अनुसार काम हुन्छ ?
निश्चित रुपमा हुन्छ । म सधैं जनतासँग जोडिएको हुनाले उनीहरुले के खोजेका छन् भन्ने कुरा मजाले थाहा छ । यसबारेमा धेरै न बुझे पनि अलिअलि बुझेको छु । त्यसकारण म पहिला यो मन्त्रालयमार्पmत जनतासँग जोडिएका काम के के हुन् त्यो हेर्छु । राजनीति गर्ने मान्छेले सबै कुरामा जानकारी राख्नुपर्ने भएकाले उद्योगको क्षेत्रमा केही जानकारी राखेको छु । यसबारेमा सम्बन्धित पक्षसँग पनि छलफल गरिरहेको छु । यसभित्र केही समस्या रहेछन्, त्यसको समाधानको लागि प्रधानमन्त्रीको निर्देशनमा काम थालनी गर्छु । पहिला समस्या आउनुको कारण पत्ता लगाएर त्यसको निधान गर्ने हो । मुलुकमा आर्थिक क्रान्ति गर्न आद्योगिकीकरणतिर अगाडि बढ्छ ।
अगाडि बढ्छ । तर, यसभित्र धेरै समस्या छन् । त्यो समस्या के हो भनेर पहिचान गरी हल गर्ने हो । त्यसको प्राथमिक काल के हो ? मध्यकालमा के गर्ने ? र दीर्घकालीन बनाउन के गर्नुपर्छ भन्ने तीनवटा चरणहरु छुट्ट्याएर कामको सुरुआत हुन्छ । यसलाई गोलमाल गर्दा अगाडि बढ्दैन । हामीले मुख्य के हो, सहायक के हो भनेर छुट्ट्याउन जरुरी छ । यसलाई छुट्ट्यार आद्योगिकीकरणतिर अगाडि लैजान्छौं ।
देशमा आकासिएको महंगी नियन्त्रण गर्न सक्नुहुन्छ ?
भर्खरै त्यही विषयमा सचिवज्यूहरुसँग छलफल भएको थियो । पहिला जनतालाई प्रत्यक्ष रुपमा मार परेको के हो । त्यसमा म पनि पर्छु, मलाई मन्त्री भनेर त्यसै दिँदैनन् । दियो भने उसको स्वार्थ लु्केको हुन्छ । त्यो लिनेकि नलिने, मेरो नैतिकताले दिन्छ कि दिँदैन । हामी फेरि भनिरहेका छौं, भ्रष्टाचाररहित समाज । त्यसरी दिएको लिने हो भने त्यसरी भनेको कुरा नारामा मात्रै सीमित हुन्छ । पसलमा भएको मूल्य अनुसार किसानले पाएको छ कि छैन त्यो ठूलो कुरा हो । किसान जसले उत्पान गर्छ उसले सस्तोमा बेच्नुपर्ने अनि विचौलीयाले मूल्य बृद्धि गर्ने भइराखेको छ । किसानले आफ्नो दुःख अनुसार आम्दानी नभएपछि ऊ निराश हुन्छ । अनि उत्पादन हुँदैन त्यसकारण महंगी बढ्छ । त्यसरी निराश भएको कृषि उत्पादन गर्ने जनशक्ति विदेश गएको छ । त्यो जनशक्तिलाई देशभित्रै हामी कसरी आकर्शित गर्ने त्यो अहिलेको आवश्यकता हो ।
कालाबजारियाहरुलाई बजारमा गएर अनुगमन गर्नुहुन्छ ?
निश्चित रुपमा गर्छु । त्यसको लागि सबैभन्दा पहिला जनतालाई कुन–कुन क्षेत्रमा सबैभन्दा बढी मार परेको छ, त्यसको एउटा तालिका बनाउँछौं । त्यो क्षेत्रको अनुगमनद्वारा पहिचान गरी दोषीलाई कारबाही गर्दछौं । बजार अनुगमन र दोषीमाथि गरिने कारबाहीप्रति तपाईं ढृुक्क हुनुहोस् । कहीं कसैलाई छोडिन्न ।
उनीहरुले तपाईंलाई प्रभावमा पार्ने हुन् कि ?
मैले केका लागि प्रभावमा पर्नुपरेको छ । हामीले त उद्योगपतिलाई पनि राष्ट्रनिर्माणमा लगाउने हो । उसको पुँजी, उसको आइडियालाई राज्य निर्माणमा ल्याउनुपर्छ । अनि पो उद्योगपति बलियो हुन्छ । ऊ केही निश्चित मान्छेहरुलाई मात्रै लिएर हिड्दा त ऊ पनि कमजोर हुन्छ । म प्रभावमा पर्ने त धेरै टाढाको कुरा हो ।
ऊखु किसानहरुको पीडालाई सम्बोधन गर्न सक्नुहुन्छ ?
मजाले सकिन्छ । पहिला म सार्वजनिक लेखासमितिमा हुँदा उपसमितिमा बसरे यसको पनि अध्ययन गरेको हो । त्यसको रिपोर्ट पनि तयार गरेको हो । सार्वजनिक लेखासमितिले सरकारलाई निर्देशन पनि दिएको होला । अब नयाँ ढंगले अध्ययन गरी किसानहरुलाई परेको मार्काप्रति छिटोभन्दा छिटो समाधान गर्न पहल गर्दछौं ।
वर्तमान सरकार सफल हुन्छ भनेर जनताले विश्वास गर्ने गरी आधार दिन सक्नु्हुन्छ ?
जनताले विश्वास गरेकै हुनाले हामी अहिले यहाँ आइपुगेका छौं । त्यसकारण हामीलाई जनताले विश्वास गरेका छन् । फेरि पनि त्यो विश्वासलाई कायम गर्ने कुरा हो ।
जनतामा अमनचयन त छैन नि ?
कतिपय सरकारले गरेका राम्रो कामको पनि जतताबीच संप्रेषण नहुँदा पनि त्यो कुरा आएको हो । जे हुँदै आएका छन्, त्यसलाई निरन्तरता दिन्छौं । जे भएको छैन त्यो यति दिनमा हुन्छ भन्छौं । जुन काम गर्न सकिँदैन, त्यो सकिन्न भन्छौं । कैयौं दीर्घकालीन योजनाको पनि उनीहरुले अहिले नै परिणाम जोखेका छन्, त्यो त अहिले आउँदैन । एउटा बच्चा पैदा हुन त १० महिनाको समय लिन्छ । त्यसकारण कामको प्रकृति हेरेर जनतालाई समय अवधि बुझाउन जरुरी छ । त्यो बुझिसकेपछि जनताले योभन्दा बढी विश्वास गर्दछन् भन्ने लाग्छ । File Photo



प्रतिक्रिया दिनुहोस्