Logo

शेखर कोइरालाले भने : वाईडबडी दोषीलाई कानुनी कठघरामा ल्याएरै छोड्छौं



पोखरा, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कास्कीका जनताले वाईडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको हिसाब किताब खोज्ने समय आएको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्दोष भनेर भनेका अभिव्यक्तिप्रति लक्षित गर्दै कोइरालाले भने, “प्रधानमन्त्रीजी रविन्द्र निर्दोष हो भने दोषी को हो त्यो पनी बताईदिन पर्‍यो ।” कोइरालाले वाईडबडी प्रकरणका दोषीलाई कुनैपनी हालतमा माफी दिन नसकिने पनि बताए।

कोइरालाले वाइडबडी काण्डले कास्की क्षेत्र नं २ का आम जनताको शिर झुकेको बताउँदै काँग्रेसले जसरी पनी यसका दोषीलाई कानुनी कठघरामा ल्याएरै छोड्ने बताए।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम