Logo

यसरी हुन्छ तिरुपति मन्दिरमा लक्ष्मीको उत्पत्ति



तिरुपति बालाजी मन्दिर भारत र आन्द्र प्रदेशको चित्तूर जिल्लाको तिरुपतिमा तिरुमालाको पहाडमा अवस्थित रहेको छ । उक्त मन्दिर भारत र दक्षिण भारतको प्रमुख धार्मिक स्थल मध्ये प्रसिद्ध मन्दिर हो । दक्षिण भारतको समुन्द्री किनारा, प्राकृतिक दृश्य मन्दिरका आकर्षण हुन् । मन्दिर विष्णु भगवानको रुपमा तिरुपती बालजीको नामबाट भारतमा लोकप्रिय रहेको छ । त्यसकारण मन्दिरप्रति मानिसहरु आस्थावान छन् ।

हिन्दु धर्मका मानिसहरुको वीचमा तिरुपति बालाजी मन्दिरप्रति राम्रो मान्यता रहेको छ । जीवनमा एक पटक तिरुपतिको दर्शन गरेमा जीवन सफल हुन्छ ।

सुमुन्द्री सतहदेखि ८५३ फीटको उचाइमा बनेको त्यो मन्दिरको पहाडमा सात वटा चोटपटक भएकोे हुनाले सात पहाडको मन्दिर पनि भन्ने गरिन्छ । दान र धर्मको सन्दर्भमा देशकै धनी मन्दिरको नामले चिनिन्छ । मन्दिरमा प्रतिदिन ५० हजारदेखि १ लाख दर्शानार्थीहरु वेंकटेश्वर दर्शनका लागि पुग्ने गर्छन् । विशेष मेलामा तीर्थयात्रीको संख्या ६ लाख पुग्ने गर्दछ ।

तिरुपति बालाजी मन्दिरलाई भूलोक वैकुंठतम पनि भन्ने गरिन्छ । यसको अर्थ पृथ्वीमा विष्णुले बास गरेको भन्ने हुन्छ ।
तिरुपति बालाजी आफ्नी पत्नी पदमावतीसँग बस्ने गर्छिन् भन्ने मान्यता रहेको छ । कुनै पनि भक्त तिरुपती बाबासँग शुद्ध मनले जे माग्यो त्यही पाउने विश्वास रहेको छ ।

हिन्दु धर्मशास्त्रका अनुसार भगवान विष्णु प्राचीन युगमा समस्या परेका मानिसहरुलाई बचाउनका लागि पृथ्वीमा आउने गर्थे । त्यस्तै उक्त मन्दिरमा कपाल दान गर्ने परम्परा रहेको छ । जसलाई “मोक्कू” भनिन्छ । भगवानको दर्शन गर्नुभन्दा पहिले मानिसहरु आफ्नो कपाल भगवान वेंकटेश्वरलाई दान गरेर पुण्य कमाउँछन् ।

मन्दिरमा स्थापित वेंकटेश्वर स्वामीको मूर्तीमा लगाएको कपाल सक्कली हो । किनकि भगवान आफै यहाँ विराजमान गरेको जनविश्वास रहेको छ । मन्दिरको मुख्य ढोकामा डाइ र एक छडी रहेको छ । यसको प्रयोग बचपनमा भगवानलाई मार्र्ने हेतुले प्रयोग गरिएको थियो । एक पटक छडीमार्फत उनको शिरमा चोट लागेको थियो र चन्दनको लेपबाट ठीक भएको थियो । त्यसकारण भगवान तिरुपतिलाई लेप लगाउने परम्पराको सुरुवात भएको थियो । मूर्तीको सफाइका लागि एक किसिमको कपुरको प्रयोग गरिन्छ । कपूरले मूर्तीमा कुनै पनि असर गर्दैन । प्रत्येक बिहीवार तिरुपत्ती बालाजीको मूर्तीमा लेप लगाएर सफा गर्ने गरिन्छ । त्यसपछि माता लक्ष्मीको प्रतिमा आफै आउने गर्दछ । भगवान तिरुपति बालाजीलाई प्रत्येक दिन धोती र साडीले सजाउने गरिन्छ ।

तिरुपतिको मूर्तीमा चढाएका फुलपातीहरु भक्तहरुलाई नदिई पछाडिपट्टी रहेको जलकुण्डमा राख्ने गरिन्छ । मन्दिरमा चढाएको फुलपाती भक्तजनको साथमा राख्नु राम्रो मानिदैन । मन्दिरमा एउटा दियो सधै बलिरहेको हुन्छ विना तेल घ्यूबाट ।
भगवानको पछिल्लो भाग अदभुत छ । त्यस ठाउँमा कान राखेर सुन्दा समुन्द्रको आवाज आउने जनविश्वास छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्