Logo

१८ औं हिमालयन ह्वाईटवाटर च्यालेन्ज–२०१९ हुँदै



, ६ मंसिर । नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सीज् (नारा) ले १८ औं हिमालयन ह्वाईटवाटर च्यालेन्ज २०१९ गर्ने भएको छ । उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उक्त संस्थाले सन् २००२ देखि नै यो प्रतियोगिता गर्दै आएको छ । यो वर्षको उक्त प्रतियोगिताको मुख्य उद्देश्य नै नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनेपनि आफूहरुको उद्देश्य रहेको आयोजकको भनाई छ ।

प्रतियोगिता यह िनोभेम्बर २६ देखि २८ दिनसम्म हुने पनि आयोजकले जनाएको छ । प्रतियोगिता सिन्धुपाल्चोकस्थित् भोटेकोशी नदीमा हुनेछ । प्रतियोगितामा कायाक स्लालोम, कायाक डाउन रिभर रेसलगायत खेल समावेश गरिएका छन् । प्रतियोगितामा साठी लाख पचास हजार बजेट लाग्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्