Logo

अमेरिकाले भारतलाई एक अर्ब डलरको हतियार बेच्ने



अमेरिकाले भारतलाई एक अर्ब डलर मूल्यको हतियार बेच्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले हतियार बेच्ने जानकारी गराएको हो ।

अमेरिकाले विक्री गर्न लागेकोमा १३ एम के नौसैनिक बन्दुक प्रणाली, डी ३४९ लन्चरको हतियार रहेको जनाइएको छ । यसबाहेक गोलाबारुद, हतियारको पाजपूर्जा, प्राविधिक डाटा, हतियार तालिमलगायत छन् । जसको कुल मूल्य एक अर्ब डलर रहेको उल्लेख छ ।

१३ एम के स्वचालित नौसैनिक बन्दुक प्रणाली हो जसले ३६ किलोमिटर मार हान्न सक्छ । भारतलाई विक्री गर्न लागेको हतियारको प्रकारमध्ये कतिपय जापान, दक्षिण कोरिया र अष्ट्रेलियालाई समेत विक्री गरिसकेको छ ।

भारतले यसअघि फ्रान्ससँग हेलिकोप्टर खरिद सम्झौता गरिसकेको छ । केही हेलिकोप्टर भारत पुगिसकेका छन् । रुससँग पनि हतियार सम्झौता भइसकेको छ । Photo Source:seaforce.org



प्रतिक्रिया दिनुहोस्