Logo

श्रीलंकाली राष्ट्रपति राजापाक्षे ‘प्रो चाइना’



श्रीलंकाली राष्ट्रपति निर्वाचनमा गोटाबाया राजापाक्षेको जीतलाई चिनियाँ पक्षले उक्त देश चीनतर्फ ढल्किने शुरुवात भनेको छ । राजापाक्षे ‘प्रो चाइना’का रुपमा हेरिएको भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयको धारणा बाहिर ल्याउने पत्रिका ग्लोबल टाइम्सले लेखेको छ, ‘राजापाक्षे प्रो चाइनाका रुपमा लिइने हुँदा उनको सपथलाई श्रीलंका विश्वको दोस्रो ठूलो अर्थतन्त्रतर्फ ढल्कने ठानिएको छ ।’

चीनले महत्वपूर्ण पूर्वाधारका आयोजनाहरु निर्माण गरेको उल्लेख छ । जसमध्ये हामवानटोटा बन्दरगाह, मटाला राजापाक्षे अन्तराष्ट्रिय विमानस्थल, ऊर्जा केन्द्र, राजमार्गलगायत छन् ।

श्रीलंकामा यसै हप्ता भएको निर्वाचनमा राजापाक्षे विजयी भए । उनले आफ्ना दाजु महीन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री बनाइसकेका छन् ।

राजापाक्षेले श्रीलंकामा दशकौं पुरानो गृहयुद्ध बल प्रयोग गरी अन्त गरेका थिए । उनले चीनसँग निकटता बनाएर महत्वपूर्ण परियोजनाहरुमा सम्झौता गरेका थिए । राजापाक्षे चीनसँग नजिक रहेको मानिन्छ । यसको पुष्टि चिनियाँ पत्रिकाले समेत गरेको छ । File Photo: Agency



प्रतिक्रिया दिनुहोस्