Logo

‘कडा सम्भोग’ का क्रममा प्रेमिकाको मृत्यु भएको दाबी गर्ने प्रेमी दोषी ठहर



प्रेमीले गाडेको अवस्थामा फेला परेकी एकजना युवतीको शवको अनुसन्धानपछि अदालतमा सुनुवाई हुँदा मृत्युको कारण ‘कडा सम्भोग’ भनिएको थियो । अभियुक्तले कडा सम्भोग गर्दा अकस्मात् मृत्यु भएको दाबी गरेपनि अदालतले दोषी ठहर गरेको छ ।

न्यूजिल्यान्डको अकल्यान्डस्थित एक होटलमा कडा सम्भोगपछि युनिभर्सिटीकी विद्यार्थी ग्रेस मिलानीको मृत्यु भएको प्रेमीको बयान थियो । प्रेमिकाको मृत्युपछि त्रसित भई युवकले सुटकेशमा राखेर गाडेको सुनुवाईका क्रममा भनेका थिए ।

तर, अकल्यान्डको अदालतले ती युवकलाई दोषी ठहर गर्यो । उनलाई कैद सजाय सुनाइएको छ । नाम गोप्य राखिएको युवकले हत्याको अभियोग अस्वीकार गरेपनि अकल्यान्डको अदालतका न्यायाधीशले दोषी ठहर गरे । युवकले सुनकेशमा राखेर शव गाड्नुले दाबी पुष्टि गर्ने आधार कमजोर भयो ।

अदालतमा सुनुवाईका क्रममा मृत्युको कारण हत्या नभई ुकडा सम्भोगु का क्रममा दुर्घटना भनिएको थियो । युवक र युवती दुवैले आक्रामक सम्भोग गरेका थिए र जोसका क्रममा युवतीको मृत्यु भएको दाबी गरिएको थियो । यस्तो घटना विरलै हुन्छ र असम्भव हुँदैन भनिएको थियो ।

अदालतमा मिलानीका साथीहरुसँग लिइएको बयानमा उनी पीडादायक आक्रामक सम्भोगमा चासो राख्ने बताइएको थियो । उनले त्यससँग सम्बन्धित एप्सहरु पनि चलाएको तथ्य वकिलले अदालतमा पेश गरेका थिए ।

यसअघि युवकले होटलबाट दुईवटा सुटकेश लगेको र एउटामा युवतीको शव लगेको खुलासा भएको थियो । युवती अर्को दिन २२ वर्ष पुग्दै थिइन् । जन्मदिनको अघिल्लो रात उनले आक्रामक तरिकाले सम्भोग गर्दा ज्यान गएको युवकको बयान र उनी पक्षको वकिलले प्रमाण पेश गरेका थिए । पुरुष २७ वर्षका थिए । अक्ल्यान्ड होटलमा दुवैबीच सहमतिमै कडा सम्भोग भएको भनिएको थियो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्