Logo

जर्बजस्ती करणीमा पूर्व अखिल नेता राई र्पुपक्षका लागि सुन्धारा जेलमा



काठमाडौं, ६ मंसिर । जर्बजस्ती करणी मुद्दा खेपिरहेका अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य इन्द्रहाङ राई र्पुपक्षका लागि थुनामा बस्नुपर्ने भएको छ । बिहिबार काठमाडौं जिल्ला अदालतले राईलाई र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्लाका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलाशले राईलाई र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राईविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जर्बजस्ती करणीको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार मुद्दा दायर गरेको थियो ।

राईमाथि तिहारको भैलो खेल्ने बहानामा कोठामा चिनेजानेको युवतीलाई बोलाएर बलात्कार गरेको अभियोग छ । राई पीडितको दिदीसँग पनि चिनजानमा रहेकोमा बहिनीलाई भैलो खेल्न बोलाएर जर्बजस्ती करणी गरेको अभियोग लागेको छ । घटनापछि पीडितले प्रहरीमा उजूरी दिएपछि बौद्ध प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्