Logo

भाडामा गर्लफ्रेन्ड पाईने देश



मनिसहरु प्रायः ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको छ ।

एपको नाम हायर मि प्लीज रहेको छ ।  एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् । एप चर्चित समेत भएको छ । एप विशेष गरि यूवकवर्गहरुलाई ठूलो शहरहरुमा सहयोग पु¥याउन बनाएको हो । प्रत्येक नयाँ वर्षमा नयाँ एप चर्चामा आउने गरेको छ । चीनको कुनै शहरबाट यस एपलाई चलाउन सकिन्छ । गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एपमा एक युआन देखि दुई हजार युआन सम्म रहेको छ ।

एपले व्यापार अत्याधिक गर्दै आएको एपका मालिकले जनाएका छन् । यस्तो प्रकारको एपले एक्लोपनलाई हटाउन समेत मद्दत गर्नेछ । यस एप मार्फत आफूले चाहे बमोजिम समय, पैसा तोकेर गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एक दिन अथवा घण्टाको लागि प्राप्त गर्न सकिनेछ । Photo source : Koreaboo.com



प्रतिक्रिया दिनुहोस्