Logo

तीनवटा ब्ल्याक होल भएको ग्यालेक्सी



ब्ल्याक होलले मिल्की वे ग्यालेक्सी सहित अरु ग्यालेक्सीहरुको केन्द्रमा रहेर कार्य गर्दछ । यसैगरि विज्ञहरुले आकाशगंगामा रहेको एक ग्यालेक्सीमा तीनबटा ब्ल्याक होल रहेको दाबी गरेका छन् । ब्ल्याक होलहरु एक अर्काको एकदम नजिक रहेको समेत जनाइएको छ ।

एनसीजी ६२४० नाम रहेको विज्ञहरुले जनाएका छन् । विज्ञहरुको अनुसार दूई सानो ग्यालेक्सी मिलेर एनसीजी ६२४० निर्माण भएको जनाइएको छ । मिल्की वे ग्यालेक्सीबाट उक्त ग्यालेक्सी करिब तीन सय मिलिअन टाढा रहेको विज्ञहरु बताउँछन् । मिल्की वे ग्यालेक्सीबाट नजिक रहेको कारण एनसीजी ६२४० लाई अध्यन गर्न सजिलो भएको छ ।

नयाँ अनुसन्धान अनुसार ब्ल्याक होलको तौल ९० मिलिअन सूर्यको बराबर रहेको अनुमान छ । पहिलो पटक विज्ञहरुले एकैसाथ तीनबटा ब्ल्याक होल यस्तो प्रकारले बसेको देखेका छन् । यी तीनबटा ब्ल्याक होल छिट्टै एक आपसमा मिलेर एक नयाँ रुप लिने समेत विज्ञहरु बताउँछन् । नयाँ रुप लिने ब्ल्याक होलको गुरुत्वाकर्षण अत्याधिक मात्रामा रहने दाबी गरेका छन् । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्