Logo

अदालतले दोषी ठहर गरेपनि नाम सार्वजनिक गरे कारबाही



विश्वको हरेक देशमा अपराध गरेका दोषीहरुको नाम, ठेगानाहरु सम्पूर्ण रुपमा सार्वजनिक हुनेगर्छ । नाम सावजनिक गरेर दोषीलाई लज्जीत बनाइन्छ । तर न्युजिल्याण्डमा दोषीको नाम सार्वजनिक नगर्ने प्रावधान रेहेको छ ।

यस्तो प्रकारको प्रावधान न्यायपालिकाले पारित गरेको हो । कुनै पनि माध्यममा दोषीको नाम उल्लेख गरेमा सो कम्पनी वा मिडिया माथि कारवाही हुने जनाइएको छ । अदालतले दोषीको नाम उल्लेख गर्न भने मात्र उल्लेख गर्न सकिनेछ । यस्तो प्रकारको प्रावधानले दोषीलाई आगामी दिनमा  उसको परिवार र साथीभाईको अगाडी लज्जीत हुनु नपरोस भन्ने कुरालाई ध्यानमा राखेर अदालतले यस्तो प्रावधान पारित गरेको हो ।

एक चोटी दोषी ठहर भएमा समाज, परिवार र साथीहरुले अपहेलना गर्ने कारणले दोषीको नाम लुकाउने व्यवस्था अदालतले गरेको हो ।  Photo Source : washingtonpost



प्रतिक्रिया दिनुहोस्