Logo

मुकुन्देले गगन शमशेर थापा र पोष्ट वीर विक्रम भनेको भिडियो भाइरल (भिडियोसहित)



काठमाडौं, ६ मंसिर । ट्वीटरमा लाखौं फलोवर भएका मुकुन्द घिमिरेको एक दशक पुरानो भिडियो भाइरल भएको छ । सार्वजनिक कार्यक्रममा उनले नेपाली काँग्रेसका नेता गगन थापा र तत्कालिन नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटीलाई सोधेको प्रश्न भाइरल भएको हो ।

प्रश्न गर्दा उनले गगन थापालाई गगन शमशेर थापा र पोष्टबहादुर बोगटीलाई पोष्ट वीरविक्रम बोगटी भनेका थिए । दुवैलाई प्रश्न सोध्ने क्रममा राष्ट्रपति विनाको गणतन्त्रबारे प्रश्न गरेका थिए ।

मुकुन्दे भनेर परिचित मुकुन्द घिमिरेले माइक बोकेर कागजमा लेखिएको पढ्दै प्रश्न गरेका थिए । उनले प्रश्न सोध्दा गगन थापा र पोष्टबहादुर बोगटी समेत हाँसेका थिए ।



प्रतिक्रिया दिनुहोस्