Logo

दुलहीले आफ्नो विवाहमा गहना छाडेर टमाटर लगाएपछि…



विहेको प्रसंग आउँदा केटीहरु उत्साहित हुने गर्छन् । गरगहना, राम्रो कपडा,श्रृंगारीन केटीहरु रमाउने गर्छन् । तर गरगहनाहरुको मूल्य आकासिँदा गरगहना न्यूनीकरण भएको देखिन्छ । विश्वभरमा गरगहनाको मूल्य आकासिँदा पाकिस्तानमा टमाटरको मूल्य पनि आकासिएको छ ।

टमाटरको मूल्य बढेको कारण एक दुलहीले टमाटरको गहना लगाएर विवाह गरेकी छिन् । टमाटर लूकको साथमा पाकिस्तानी टेलिभिजनले लिएको अन्तरवार्ता सामाजीक सञ्जालमा भाइरल भएको छ । साढे दूई मिनेटको भिडियोले चर्चा बटुलेको छ ।

पाकिस्तानमा टमाटरको मूल्य तीन सय रहेको कारण उनले गरगहना छाडेर टमाटर लगाएको बताइन् । मानिसहरुले दुलहीलाई पाकिस्तानको  धनी महिलाको संज्ञा दिएका छन् । Photo Source : The Indian Express



प्रतिक्रिया दिनुहोस्