Logo

मदन खरेललाई बर्खास्त गर्ने मन्त्री भट्टराईको तयारी



काठमाडौं, ६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमको गौरवशाली ईतिहास रहेको उल्लेख गर्दै पछिल्लो समय निगम कमजोरी बन्दै गएको टिप्पणी गरे ।  उनले भने,‘यो व्यवसाय गर्ने र नाफा कमाउने संस्था हो, यसलाई मागी खाने भाँडो बनाउनुहुँदैन् । यसले नाफा कमाउनुपर्छ । अरु एयरलाईन्स नाफामा छन् । तर, निगममात्रै किन घाटामा छ रु म आएपछि मैले यसको व्यवस्थापन टिमलाई सुधारको योजना ल्याउन निर्देशन दिएको छु । सधैं अनुदान दिएर चल्दैन् । आफैं नाफा कमाउनुपर्छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेपाल वायु सेवा निगम अहिले ४० अर्बको ऋणमा रहेको र यसले वार्षिक चार अर्ब व्याज तिर्दै आएको बताए । उनले भने,‘वार्षिक एक अर्ब त यसले जहाज ओभर ग्राउण्ड भएरले घाटा लागेको छ । मैले यी सबै कुराको अन्त्य हुनुपर्छ भनेर कडा निर्देशन दिएको छु ।’ निगमको बोर्डका सदस्यहरुलाई दश वर्षसम्म निःशुल्क हवाई टिकट दिने व्यवस्था गरिएको पाईएकोमा आफूले उक्त सुविधा हटाउनको लागि पनि निर्देशन दिएको उनले सुनाए ।

नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा चलाउने तयारी भैरहेको पनि उनले सुनाए । उनले भने,‘हामीलाई कार्यदलको पनि यही सुझाव छ । यसलाई ऋण प्रवाह गर्ने सञ्चय कोष र नागरिक लगानी बोर्ड बसेर सहमति भएको छ ।’ निगमलाई सुधार गर्नको लागि आफू लागिपरेको उनको भनाई छ । उनले भने,‘दुर्गममा उडान थप्नुपर्छ । जहाँ अरु विमान कम्पनी जान चाहँदैनन् । त्यहाँ नेपाल एयरलाईन्स जानुपर्छ । अरु कम्पनीले नाफा कमाएको ठाउँमा नेपाल एयरलाईन्सले किन घाटा खाएको छ रु हामी यसको छानबिन गर्छौं ।’

फरक प्रसँगमा उनले आफूले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको कार्यसम्पादनको रिपोर्ट मागेको सुनाए । उनले भने,‘म यहाँ मेरै मातहातको कर्मचारीको टिप्पणी गर्न चाहन्न । नेपालको अन्तर्राष्ट्रिय हवाई सेवाको बजार भारत र चीन पनि ठूलो रहेको बताउँदै उनले यसको लागि उपयोग गर्नेगरि कार्ययोजना बनाउने बताए । उनले भने,‘हाम्रो दक्षिणतर्फ डेढ अर्ब र उत्तरतर्फ डेढ अर्बको बजार छ, हाम्रो मार्केट यहीँ छ । बंगलादेश १५ल करोडको जनसंख्या छ, श्रीलंकाका नागरिक बुद्ध जन्मिएको देश आउन चाहन्छन् । अब हामी अगाडी जान्छौं । केपी ओली सरकारलाई असफल हुने छुट छैन् ।’



प्रतिक्रिया दिनुहोस्