Logo

लिम्पियाधुरादेखि कालापानी र लिपुलेकमा सुरक्षा चौकी स्थापनाको माग (सार्वजनिक आव्हानसहित)



काठमाडौं, ६ मंसिर । नागरिक समाजका अगुवाले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि तत्काल कदम चाल्न आग्रह गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नागरिक समाजका २६ जना अगुवाहरुले सीमा रक्षार्थ सजग र सचेत रहन भन्दै १० बुँदे सार्वजनिक आव्हान समेत गरेका छन् । ‘सार्वजनिक आव्हानमा भनिएको छ, लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रस्ट देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकिहरु तत्काल स्थापना गरियोस ।’

भारतबाट नेपालबाट भूमि अतिक्रमित भएको भन्दै भारत सरकारका तर्फबाट प्रस्तुत नक्साको कारणबाट उत्पन्न समस्या समाधान नहुन्जेल आम नेपाली जनतालाई एकतावद्ध भई समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहन समेत भनिएको छ ।

पत्रकार सम्मेलनमा सरकारलाई भारतसँग वार्ता गर्नका लागि सहायोग पु¥याउन सर्वपक्षीय प्रतिनिधित्व रहेको विज्ञ टोली अविलम्व गठन गर्न माग गरिएको छ । प्रधानमन्त्रीको पहलमा द्विपक्षीय वार्ता गराई या समस्या समाधानका लगत्तै नेपाल–भारत–चीन बीच त्रिपक्षीय वार्ता गरेर त्रिविन्दु समेत निर्धारण गर्न भनिएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित रहेको बताए । उनले २०१८ सालमा आफै त्यस क्षेत्रमा पुगेर जनगणना गरेको खुलाए । लिम्पियाधुरादेखि कालापानी र लिपुलेक सम्मको क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन तत्काल कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे ।

पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेलले जलाधार, नक्शा र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा नै काली नदीको मुहान रहेको र नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको बताए । नेपाल सरकारले उक्त क्षेत्रसम्मको आधिकारिक नक्शा सार्वजनिक गरी भारतलाई जवाफ दिनुपर्ने बताए ।

भूगोलविद् प्राध्यापक डा. नरेन्द्रराज खनालले १८५६ भन्दा अगाडिका सबै नक्शाहरुमा लिम्पियाधुराबाट आउने नदीलाई नै महाकाली नदी देखाइएकाले त्यही नक्शाका आधारमा सरकारले भारतसँग सप्रमाण वार्ता अगाडि बढाउनुपर्ने बताए ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अलमोडा गजेटमा ब्रिटिशहरुले नेपालको सीमाना लिम्पियाधुरासम्म रहेको स्वीकारेकाले त्यसलाई आधार मानेर तत्काल भारत सरकारसँग वार्ता अगाडि बढाउन आग्रह गरे ।

जलाधार विज्ञ जगत भुषालले नदीको तीनवटा मूल सिद्धान्तका आधारमा सबैभन्दा लामो, धेरै शाखा मिसिएको र जलाधार धेरै भएको नदी नै सीमा नदी उल्लेख गरिएकाले लिम्पियाधुराबाट आउने नदी नै काली नदीको मुहान भएकोले सीमाको व्याख्या अनुसार सोही क्षेत्र नेपालको भूभागमा पर्ने बताए ।

सार्वजनिक आव्हान गर्नेहरुमा राष्ट्रकवि माधवप्रसाद माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्य मोहन जोशी, डा. गौरीशंकर लाल दास, पूर्व गर्भनर हिमालय शम्शेर ज.ब.रा, भैरव रिसाल, प्राध्यापक उपेन्द्रमान मल्ल, त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश गौरी बहादुर कार्की, कृष्णराज बर्मा, सामाजिक चिन्तक डा. चैतन्य मिश्र, डा. तुलसीराम वैद्य, पूर्व सचिव, द्वारिकानाथ ढुंगेल, प्रा.डा. नरेन्द्रराज खनाल, डा. पिताम्बर शर्मा, बैरागी काँईला, शान्ता श्रेष्ठ, सन्त बहादुर पुन, स्वनाम साथी, हिरण्य लाल श्रेष्ठ, प्रा.डा. त्रिरत्न मानन्धर, राजेन्द्र सुवेदी, शान्ता मानवी, पूर्व प्रधानन्याधीश सुशिला कार्की, सीमाविद् बुद्धि नारायण श्रेष्ठ, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र डा. जगत कुमार भुषाल रहेका छन् ।

यसैगरी, नागरिक समाजका तर्फबाट सीमा बचाऊ अभियान, नक्शा समितिका सदस्य सीमाविद् कोमल चन्द्र बरालले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारी विश्वव्यापी रुपमा उक्त नक्शा सार्वजनिक गर्ने जानकारी दिइएको छ ।

प्रेस विज्ञप्ति
सजग र सचेत केही नागरिकको सीमा रक्षार्थ सार्वजनिक आव्हान
नेपालको पश्चिम सीमाक्षेत्र, लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा अतिक्रमण गरी हालै आएर सो क्षेत्रलाई आफ्नो सीमा देखाई भारत सरकारका तर्फबाट प्रस्तुत गरिनु , भारत जस्तो विशाल, शक्तिशाली र प्रजातान्त्रिक मुलुकका लागि कदापि शोभनीय बिषय होइन । बरू यो त, नेपाल जस्तो सानो मित्रवत छिमेकी मुलुकमाथि भारतको बल मिच्याइँ हो । यो नेपाल र नेपालीहरुको निम्ति कदापि स्वीकार्य हुन सक्दैन । यही विषयमा नेपाल सरकार, सबै राजनीतिक दलहरु र विज्ञहरुले सो क्षेत्र नेपालको भएकोले उक्त नक्सा सच्याउँनु पर्ने तथा सीमासम्वन्धि समस्या कुटनीतिक वार्ताद्वारा समाधान गर्न आह्वान गरेका छन ।
राष्ट्रको स्वाधीनता, राज्यको सार्बभौमिकता र सीमाको अखण्डताको रक्षार्थ स्वस्फुर्त रुपमा सर्वसाधारण नागरिकहरु तथा मुलुकका सबै राजनीतिक दलहरुसँग आवद्ध विद्यार्थी, युवाहरुले लगातार राजधानी र मोफसलमा समेत विरोध प्रदर्शन गर्दै आईरहेको छन् । यो कदम मुलुकमा विकसित राष्ट्रिय जागरणको द्योतक हो । हामी त्यस्ता कदमको अभिनन्दन र सराहना पनि गर्दछौं । देहायका हामीहरु भारतबाट अतिक्रमित भूमि र भारतीय सरकारका तर्फबाट प्रस्तुत नक्साको कारणबाट उत्पन्न समस्या समाधान नहुन्जेल, आम नेपाली जनतालाई एकतावद्ध भई समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहन अनुरोध गर्दै नेपाल सरकार समक्ष निम्न माग प्रस्तुत गर्दछौ ः–
क) नेपाल सरकारले सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालको सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा समेत श्वेत पत्र जारी गरोस् र देशव्यापी रुपमा त्यसको वितरण तथा विदेशमा रहेका नियोग तथा नेपालका मित्रहरु समेतलाई सो नक्सा उपलव्ध गराइयोस ।
ख) भारतद्वारा हालै प्रकाशित नक्सा प्रति औपचारिक रुपमा बिरोध जनाई सो फिर्ता लिन, अवैध रुपमा कव्जा जमाइएको क्षेत्रबाट सेना वा अर्ध सैनिक बल हटाउन र लिम्पियाधुरासम्म आफ्नो अधिकार जनाई नेपाल सरकारबाट भारत सरकारलाई अविलम्व पत्र लेखियोस ।
ग) सुगौली सन्धीको धारा ५ को आधारमा उपलव्ध नक्सा, ऐतिहासिक दस्तावेज तथा नदी विज्ञानका आधारमा भारतसँग वार्ता गर्न प्रधानमन्त्री तहबाट अविलम्व कदम चालियोस । यसक्रममा प्रधानमन्त्रीका तर्फबाट भारतीय समकक्षीसँग वार्ताको तत्काल पहल गरियोस ।
घ) सरकारलाई भारतसँग वार्ता गर्नका लागि सहायोग पु¥याउन सर्वपक्षीय प्रतिनिधित्व रहेको विज्ञ टोली अविलम्व गठन गरियोस ।
ङ) लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रस्ट देखिने गरी नेपालको तर्फबाट सुरक्षा चौकिहरु तत्काल स्थापना गरियोस ।
च) हाम्रा पुर्खाले दूरदर्शी भएर सीमा वीच दशगजा ९ल्य ःबलुक बिलम० स्थापना गराएको तर अहिले धेरै स्थानमा सो क्षेत्र मिचिएका अबस्थामा रहेकाले, मिचिएका स्थानमा दशगजा पुनर्स्थापना गरियोस ।
छ) प्रधानमन्त्रीको पहलमा द्विपक्षीय वार्ता गराई या समस्या समाधानका लगत्तै नेपाल–भारत–चीन बीच त्रिपक्षीय वार्ता गरेर त्रिविन्दु समेत निर्धारण गरियोस ।
ज) उक्त क्षेत्र माथिको मुलुकको सार्वभौमिक हक कायम गर्न सरकारका तर्फबाट सबै पक्षलाई साथमा लिएर हर सम्भव उपाय गरियोस ।
ञ) लिम्पियाधुरासम्मको क्षेत्र देखिन ेगरी नक्सा तयार गरी संविधानमा समावेस गरियोस । साथै राष्ट्रिय चिन्हमा समेत सच्याईयोस ।

हाम्रो अपिल छ, समस्त देशवासी जागरुक रहौं । हाम्रो तर्फबाट सबै सम्बन्धित पक्षहरूसंग वर्तमान मुद्दा समाधान नहुन्जेल निरन्तर खवरदारी जारी गरी राखिने प्रतिबद्धता जाहेर गर्दछौं ।
मुलुकको राष्ट्रिय हित रक्षाको निम्ति हामी सबै सजग र एकताबद्ध होऔं।
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी १
आव्हानकर्ता ः

१। माधवप्रसाद घिमिरे
२। सत्य मोहन जोशी
३। डा। गौरीशंकर लाल दास
४। हिमालय शम्शेर ज।ब।रा
५। भैरव रिसाल
६। प्रो। उपेन्द्रमान मल्ल
७। केदारभक्त माथेमा
८। गौरी बहादुर कार्की
९। डा। चैतन्य मिश्र
१०। डा। तुलसीराम वैद्य
११। द्वारिकानाथ ढुंगेल
१२। प्रा।डा। नरेन्द्रराज खनाल
१३। डा। पिताम्बर शर्मा

१४। बैरागी काँईला
१५। शान्ता श्रेष्ठ
१६। ई। सन्त बहादुर पुन
१७। स्वनाम साथी
१८। हिरण्य लाल श्रेष्ठ
१९। प्रा।डा। त्रिरत्न मानन्त्रर
२०। राजेन्द्र सुवेदी
२१। शान्ता मानवी
२२। सुशिला कार्की
२३। बुद्धि नारायण श्रेष्ठ
२४। श्याम श्रेष्ठ
२५। डा। जगत कुमार भुषाल
२६. कृष्णराज बर्मा

Photo: Reportersnepal



प्रतिक्रिया दिनुहोस्