Logo

कालोबजारी नियन्त्रण हुन्छः महानिर्देशक सुवेदी



काठमाडौँ, ६ मंसिर । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्ताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राजधानीको बबरमहल स्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक सुवेदीले यस्तो प्रतिवद्धता जनाएका हुन्।

 विभागको महानिर्देशक बनेर आएपछिको पहिलो पत्रकार सम्मेलनमा सुवेदीले उपभोक्ता हित विपरित कसैले काम नगर्न आग्रह गर्दै कालोबजारी नियन्त्रण गरिने बताए। उनले सरोकारवाला सबै निकायका पदाधिकारीहरूसँग छलफल गर्दै भने,‘सुझावका लागि सुझाव मात्रै नहोस्, सय प्रतिशत काम गर्ने लक्ष्यकासाथ उपभोक्ताको हितमा लाग्नुहोस्। विभाग छाताको रूपमा काम गर्नेछ। यस विभागले अनुगमनलाई चुस्त र सशक्त ढंगले अनुगमन गर्नेछ।’

उनले अगाडि भने,‘यदि विभागको नियम, निर्देशन र क्षेत्रभन्दा बाहिर गएर कसैले काम गरेको भेटिएमा कानून बमोजिम कडा कारबाही हुनेछ। यति सचेत गराउँदै गराउँदै उपभोक्ताको हित विपरित व्यवसाय सञ्चालन गरेमा कानूनले कसैलाई माफि दिनेछैन।’

त्यस्तै पत्रकार सम्मेलनमा उपभोक्ता हित संरक्षण समितका पदाधिकारीहरूले विभागलाई प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएका छन्। हरेक प्रकारका उपभोग्य वस्तुहरूको अनुगमन तथा निरिक्षण गर्ने व्यक्ति योग्य राख्नुपर्ने, उजुरी गुनासोको व्यवस्था गर्नुपर्ने, सचेतना तालिमको व्यवस्था, कानूनलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने कालाको बजारीलाई कडा कारबाही गर्नुपर्ने सरोकारवालहरूको माग छ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्