Logo

मन्त्री हेरफेरपछि समाजवादी पार्टीमा भूकम्प, के गर्ने भन्नेमा अन्योल



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेफेर गरेको विषयलाई लिएर सत्ता साझेदार दल समाजवादी पार्टी नेपाल रुष्ट बनेको छ । आफ्नो दलसँग परामर्श बिनै पार्टी अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन र पार्टीका तर्फबाट राज्यमन्त्री बनेका डा.सुरेन्द्र यादवलाई समेत हटाइदिएपछि समाजवादी सरकारसंग रुष्ट बनेको हो ।

पार्टीका अध्यक्ष विदेश भ्रमणमा रहेकाले अध्यक्ष फर्के लगतै बैठक बसेर सरकारबाट बाहिने वा के गर्ने भन्ने बारे निर्णय लिने भएको छ । यसअघि देखि नै सरकारले गर्ने निर्णयमा कुनै परार्मश नगर्ने गरेको भन्दै सरकारबाट अलग हुने दवाव बढेको हो । उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका यादव विदेश भ्रमणमा रहेकै बेला प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन ।

जुन कुराले समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिएर राजपासंग एकता गरी बैकल्पिक शत्तिका रुपमा सर्घष गर्नुपर्ने दवाब बढेको छ । कात्तिक २८ देखि ३० गतेसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष यादवमाथि तत्काल सरकार छाड्न दबाब परेको थियो । तर अध्यक्ष यादवले तत्काल सरकार नछाड्ने र सरकारमै बसेर आफ्नो मार्ग पुरा गर्नुपर्ने पक्षमा उभिएका थिए ।

आफुहरु सत्ता साझेदारी दल भएरपनि सरकारले मन्त्री हेरफेर गर्दा समेत कोही कसैलाई जानकारी नै नदिइ गरेको भन्दै सरकारको उक्त निर्णय प्रति समाजवादीका नेताहरुले आपत्ति जनाएका छन । समाजवादीका महासचिव रामसहाय प्रसाद यादवले सत्तारुढ दल नेकपाको स्वेच्छाचारितालाई सहजै लिन नसकिने प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष यादव अघिल्लो साता भारत गएका थिए । भने अर्का अध्यक्ष डा.बाबुराम भट्टराई गृहजिल्ला गोरखा गएका थिए । यादव शुक्रबार काठमाडौं फर्किएपछि बैठक बस्ने र कसरी अगाडी बढ्ने बारे छलफल गर्नुपर्नेमा नेताहरु छन । संविधान संशोधनका लागि दुईतिहाइ पु¥याउनको लागि आफुहरु सरकारमा गएकको भन्दै आफुहरुको मिसन पुरा नभए सरकारबाट बाहिरिने पक्षमा रहेको समाजवादीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ बताउँछन् ।

मन्त्रिमण्डल पुनगर्ठनमा समाजवादी पार्टीको मानमर्दन गरिएको समाजवादी पार्टीका नेताहरूको बुझाइ छ । अध्यक्ष यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा पठाइनुमा पछिल्लो समय प्रधानमन्त्री यादवसँग असन्तुष्ट रहेको र त्यसको रिस साधेको समेत व्याख्या गरेका छन ।

समाजवादी पार्टीबाट सहरी विकासमन्त्री भएका मोहमद इस्तियाक राइलाई भने यथावत राखेका छन । २०७५ जेठ २२ गते तत्कालिन संघीय समाजवादी फोरम नेपालले सरकारसँग दुई बुँदे सहमति गरी फोरम सरकारमा सहभागी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्