Logo

पूर्व मिस नेपाल शृंखला शिक्षिका बन्दा



काठमाडौं, ६ मंसिर । पूर्व मिस नेपाल शृंखला खतिवडा दक्षिणी ललितपुर पुगिन् । बिहिबार गिम्दीस्थित श्री नारायणी स्कुल पुगेर एक दिनका लागि विद्यार्थीलाई पढाइन् ।

टिच फर नेपाल कार्यक्रममा खतिवडासँगै आइएमईका सीइओ सुमन पोखरेल पनि गिम्दीस्थित उक्त विद्यालय पुगेर विद्यार्थीलाई पढाए । ललितपुरको कर्णाली भनेर चिनिने गिम्दीमा उनीहरुले विद्यार्थीमा हौसला बढाउने गरी उत्साह भरे । विद्यार्थीहरु पनि सफल व्यक्तिहरुको संघर्षका कथा सुनेर खुशी भए । Photo: FB



प्रतिक्रिया दिनुहोस्