Logo

के ‘अनैतिक कार्य’ गरे यी चार फुटबल खेलाडीले



काठमाडौं, ६ मंसिर । कुबेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान जानु अघि नाइट क्लबमा पुगेर कारबाहीमा परेका भनिएका चारजना नेपाली खेलाडीले गम्भीर अनैतिक कार्य गरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको छ । खेलका लागि बन्द प्रशिक्षणमा रहेका चारैजना खेलाडीमाथि म्याच फिक्सिङमा संलग्न भएकोबारे अनुसन्धान बढ्दा गम्भीर विषय पत्ता लागेको बुझिएको छ ।

बन्द प्रशिक्षणमा राति हराएका खेलाडीहरु म्याच फिक्सिङमा जोडिएकोबारे अनुसन्धान बढेको हो । उनीहरुले होटल छाडेपछि पुगेको स्थान, कुराकानी गरेको व्यक्ति र भेटेको व्यक्ति बारे समेत अनुसन्धान शुरु गरिएको छ । यसबाट केही गम्भीर तथ्य फेला परेको बुझिएको छ ।

राष्ट्रिय टोलीमा लामो समय भरपर्दा स्ट्राइकर रहेका विमल घर्तीमगर, मिडफिल्डर अञ्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीमाथि अनुसन्धान भएको हो । उनीहरुले बन्द प्रशिक्षणबाट रात्री क्लब पुगेर मात्र कारबाही नभएको एन्फा स्रोतले जानकारी दिएको छ ।

खेलाडीहरुले गम्भीर अनैतिक कार्य गरेकोबारे तथ्य फेला परेको छ । त्यो अनैतिक कार्य म्याच फिक्सिङ भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । कुवेतविरुद्ध यी खेलाडी सहभागी खेलमा ७-० को हार व्यहोरिएको थियो । तर, अर्को खेलमा यी चार खेलाडी विना नै नेपालले कुवेतविरुद्ध कडा चुनौती दिन सक्यो । खेलाडीले खेल्नेभन्दा पनि धोकाधडी गर्ने गरेको तथ्य विगतमा पनि खुलेको थियो ।

नेपाली फुटबल टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीविरुद्ध तीन वर्ष अघि म्याच फिक्सिङको अभियोग लागेको थियो । प्रहरीले उनीहरुमाथि मुद्दा दायर गरेपनि अदालतले सफाई दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्