Logo

विष्ट र पण्डितले प्रधानमन्त्रीलाई धन्यवाद दिदै भने–निःस्वार्थ भएर काम गरेकै थिएँ (भिडियोसहित)



काठमाण्डौ । मन्त्रीबाट हटाइएकामध्ये गोकर्ण विष्ट र लालबाबु पण्डितले सन्तोषजनक काम गर्दा गर्दै पनि प्रधानमन्त्री केपी ओलीले अन्याय गरेको टिका टिप्पणी भइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित अरु जस्तो असफल नभएको धेरैको तर्क छ । दुवै मन्त्रीले पनि आफूहरुले इमानदारितका साथ जिम्मेवारी पूरा गर्ने प्रयास गरेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै विष्ट र पण्डिले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको भन्दै थप टिका टिप्पणी नगर्ने बताए । यद्यपी नयाँ साथीहरुलाई पनि मौका दिनुपर्यो भनेर ओलीले आफूसँग भनेको पण्डित बताउँछन् ।

विष्टले पनि आफूले २१ महिनाको अवधिमा निः स्वार्थ भएकार काम गरेको जिकिर गर्दै आफूलाई हटाएपछि सहानुभूति दिनेहरुप्रति धन्यवाद दिए । विष्ट र पण्डितले आफ्नो ठाउँमा आएका नयाँ मन्त्रीलाई बधाई दिदै सफलताको कामना व्यक्त गरेका छन् ।

https://www.youtube.com/watch?v=vUgLtXgPcCA&feature=youtu.be



प्रतिक्रिया दिनुहोस्