Logo

अब खरिद–बिक्री पनि ‘हाम्रो पात्रो’बाटै



काठमाडौं, मंसिर ७ । नेपालीहरूले सर्वा्धिक रुचाएको नेपाली एप्लिकेसन ‘हाम्रो पात्रो’ले आफ्ना प्रयोगकर्ताहरूको दैनिकीलाई थप सहज पार्न खरिद बिक्रीको सुविधा प्रदान गरेको छ । आफ्नो ५० लाख प्रयोगकर्ता रहेको दाबी गर्दै हाम्रो पात्रोले हाम्रो पात्रो डटकममार्फत सो सुविधा प्रदान गरेको हो ।

खरिद बिक्रीको यो सुविधाले काठमाडौंमा रहेकाले आफ्ना नयाँ अथवा पुराना सामान, घर जग्गा, सवारी साधन, मोबाइल, घडी अथवा अन्य आफ्ना सेवा सुविधा अरूलाई बेच्न अथवा खरिद गर्न सक्नेछन् ।

हाम्रो पात्रोका संस्थापक÷अध्यक्ष शंकर उप्रेतीको फेसबुक वालमा पहिलोपटक सार्वजनिक भएको उसको आफ्नै कम्युनिटीसम्बन्धी लिंक हेर्ने हो भने अहिलेसम्म यसमा सर्वा्धिक लोकप्रिय कम्युनिटीका रूपमा हाम्रो मार्केटमा एक दिनमै झन्डै २ हजार सदस्य दर्ता भएका छन् ।

‘हाम्रो प्रयोगकर्ताको आवश्यकता तथा सल्लाहलाई मध्यजनर राख्दै उनीहरूको खरिद बिक्रीको अनुभवबीच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै विक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले विक्रेतासँग सिधै सम्पर्क गरी कारोबार गर्न सकोस् भन्ने उद्देश्यले हामीले यो सेवा सार्वजनिक गरेका हौं ।

हाम्रा नियमित र व्यापक प्रयोगकर्ताले यसमा राख्ने सामग्री अथवा सेवाको खरिद बिक्रीबाट जो कोहीले लाभ लिन सक्नेछन्,’ हाम्रो पात्रोका संस्थापक र अध्यक्ष शंकर उप्रेतीले भने ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्