Logo

समितिको निर्देशनः ‘एक जनाको घर बनाउँदासम्म पनि ध्यान दिनू’



काठमाडौं, मंसिर ७ । संघीय संसद्को विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई एक जना भूकम्पपीडितले घर बनाउन बाँकी रहँदासम्म विशेष ध्यान दिन निर्देशन दिएको छ ।

समिति सभापति कल्याणी खड्काले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सहुलियत ऋण प्रवाह, जीविकोपार्जन, संसद्को पुरानो भवनको पुनर्निर्माण लगायतमा ध्यान दिन पनि निर्देशन दिइन् ।

समितिको शुक्रबार बसेको बैठकमा प्राधिरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई पुननिर्माणको सन्दर्भमा छलफल गर्न बोलाइएको थियो ।

सीईओ ज्ञवालीले बैठकमा ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको जानकारी गराएका थिए । यसको आधारमा भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्ने क्रममा रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको बताए ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्