Logo

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरे पनि कामदार विमानस्थलबाट फर्काइयो



काठमाडौं, मंसिर ७ । वैदेशिक रोजगार विभागले वैधानिक रुपमा श्रम इजाजतपत्र लिएकालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फर्काएकामा आपत्ति जनाएको छ ।

वैदेशिक रोजगारीका लागि हिँडेका युवालाई कागजात राम्रोसित नहेरिकन विमानस्थलबाट फर्काइने घटना बढ्न थालेको र यस्ता कामदार रुँदै कराउँदै यहाँ आउने गरेकाले विभागले सम्बन्धित वायुसेवा कम्पनी र विमानस्थलका कर्मचारीले गरेको व्यवहारप्रति यस्तो आपत्ति जनाएको हो ।

श्रम स्वीकृतिलगायत सबै कानुनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई पनि बिनाकारण त्यसै फिर्ता गर्ने क्रम बढेको विषयमा विभागले यस्तो आपत्ति जनाएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्