Logo

चित्रकलाबाट अस्पताल निर्माण



काठमाडौं, मंसिर ७ । ‘कला मानव समुदाय र जीवनका लागि हुनुपर्छ,’ कलाकार भीम शर्मा यही हुटहुटीले स्थायी शिक्षकको पेसाबाट कलाकारितातर्फ मोडिए।

सन् २०११ को मार्च र अप्रिलमा जर्मनीका तीन सहर ९विटमन्ड, स्कोर्टेन्स र विलहेल्मसभेन०मा उनको एकल चित्रकला प्रदर्शनी भयो, त्यहाँ चित्र बिक्रीबाट आएको रकमले उनले ५१ शड्ढयाको अस्पताल खोलेका छन्, नवलपुरको गैँडाकोटमा।

बाग्लुङमा जन्मेका भीम गैँडाकोटका स्थायी बासिन्दा हुन्। प्रकृति र चराचुरुंगीको चित्रकलामा बढी रुचि भएका उनी सानैदेखि चित्र कोर्नमा रुचि राख्थे।

आफ्नो रुचि अनुसार संघर्ष गर्दै जाँदा उनी सफल चित्रकार भए। देशमा मात्र नभएर उनले हालसम्म जर्मन, क्यानडा, डेनमार्क, अफगानिस्तान, भारत, कोरिया लगायत देशमा आफ्ना चित्रकलाको प्रदर्शन गरिसकेका छन्।

नेपालका चरालाई चित्रमा उतारेर जर्मनीमा गरिएको प्रदर्शनीमा उनले चित्रको कुनै मूल्य राखेनन्, बरु नोटमा लेखिदिए, ‘यदि तपाईंलाई इच्छा लाग्यो भने यहाँका चित्रहरू लैजान सक्नुहुनेछ र बदलामा अस्पतालका लागि आवश्यक पर्ने सामग्री दिन सक्नुहुनेछ। हामी नेपालमा एउटा सामुदायिक अस्पताल बनाउँदैछौंँ।’

यही नोटका कारण त्यहाँ प्रदर्शनीमा राखिएका एक सय १९ वटा चित्र कुनै पनि बाँकी रहेनन्। भीम भन्छन्, ‘जर्मनीका केही चिकित्सक, त्यहाँको नगरपालिकाका मेयर, लेखकहरू लगायतसँग छलफल गरेर प्रदर्शनी गरेका थियौँ।

मेरा सबै चित्र त्यहाँ आउनेले लगे र सट्टामा हस्पिटलका लागि आवश्यक बेड, डिजिटल एक्स–रे मेसिन, अल्ट्रासाउन्ड मेसिन, ल्याबका सामग्री, अपरेसन थिएटरका सामग्री लगायत थुप्रै सामग्री जुट्यो।’शर्माले त्यहाँ प्राप्त सामग्री नेपाल ल्याउन धुलिखेल अस्पतालका डा। रामकण्ठ माकजूको सहयोग लिए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्