Logo

काठमाडौं–केरुङ रेल वार्ताः सम्भाव्यता अध्ययन अघि बढाइने



काठमाडौं, मंसिर ७ । नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ।

अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी छलफल गर्न चीनको नेसनल रेल्वे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोली सोमबार काठमाडौं आउँदै छ। टोलीसँग काठमाडौं केरुङ मार्गको सम्भाव्यताबारे तथ्यसहित छलफल हुने जानकारी दिइएको छ। नेपाली पक्षको नेतृत्व भौतिक मन्त्रालयका सचिवले गर्नेछन्।

चिनियाँ टोलीसँग नेपाली पक्ष काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन कार्यान्वयनमा लग्ने विषयमा केन्द्रित हुने भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयको गुणस्तर तथा वैदेशिक सहयोग महाशाखा हेर्ने सहसचिव गोपालप्रसाद सिग्देलले अन्नपूर्णलाई बताए। ‘काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता गर्न चीन सहमत छ।

अब अध्ययन प्रक्रिया अघि बढाउने हो’, सहसचिव सिग्देलले भने, ‘सम्भाव्यता अध्ययनकै विषयमा केन्द्रित रहेर वार्ता गरिनेछ। छिटो सम्पन्न गर्न नेपाली पक्षबाट उपलब्ध गराउनैपर्ने विषयको सम्भवतः यही वर्ताबाट टुंगो लाग्नेछ।’आजको अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्