Logo

सीमा संशोधन गरेको छैनः भारत



नयाँ दिल्ली, मंसिर ७ । भारतले आफूले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालसँगको सीमा संशोधन नगरेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामी नक्साको विषयमा यसअघि दिएको वक्तव्यमा कायम छौं। भारतको स्टायन्ड बदलिएको छैन।’

दुई साताअघि भारतीय विदेश मन्त्रालयले नयाँ राजनीतिक नक्सामा नेपालको कुनै भूभाग नसमेटिएको दाबी गरेको थियो। नेपालले कूटनीतिक नोट पठाएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नक्साका विषयमा यसप्रकारको अभिव्यक्ति आएको हो।

रविशले विदेशसचिव स्तरीय वार्ताका लािग दुई पक्षका संयन्त्रबीच छलफल भइरहेको जानकारी पनि दिए। उनले भने, ‘विदेश सचिवस्तरीय वार्ताका समय निकाल्न दुवै मुलकका द्विपक्षीय संयन्त्रबीच छलफल भइरहेको छ।

निर्णय भएपछि जानकारी गराउने छौं।’ के भनेका थिए रविशले रविशले भनेका थिए, ‘हाम्रो नक्साले सही रूपमा भारतको सार्वभौम क्षेत्रको चित्रण गर्दछ। नयाँ नक्साले नेपालसँगको कुनै पनि सीमा संशोधन गरेको छैन। नेपालसँगको सीमाबारे भइरहेका संयत्रबीच छलफल जारी छ। अन्नपूणै पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्