Logo

अन्तरदेशीय विद्युत् व्यापार र प्रसारणलाइन सहज हुने अपेक्षा



काठमाडौं, मंसिर ७ । राजधानीमा दुई दिनसम्म चलेको ऊर्जा सम्मेलनको क्रममा विद्युत् व्यापार, प्रसारणलाइन तथा नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्राउने लगायतका विषयमा पाँच वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन्।

ऊर्जा सम्मेलनको क्रममा सरकारी तथा निजी क्षेत्रले बंगलादेश तथा भारतका जलविद्युत् क्षेत्रका सरोकारवाला निकायसँग विद्युत् व्यापार, प्रसारणलाइन प्रयोग तथा लगानी भित्राउनको लागि सहज वातावरण गराउनको लागि सम्झौता भएका हुन्।

भारतीय सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेड र नेपाल सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड एचआईडीसीएलको साझेदारी पत्रमा विहीबार हस्ताक्षर भएको थियो।

उक्त सम्झौतासँगै दूवै मुलुक बीच लगानीको वातावरण सिर्जना गर्नुको साथै अन्य कार्यको लागि सहजकारी भूमिका खेल्न सघाउपु¥याउने ऊर्जा क्षेत्रका विज्ञले बताउँछन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व निर्देशक विश्वध्वज जोशीले ऊर्जा सम्मेलनको क्रममा भएका सम्झौता द्विपक्षीय तथा बहुपक्षीय व्यापारको लागि बाटो खोल्ने काम गरेको बताउँछन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्