Logo

भाजपाको विधायक देवेन्द्रले लिए महाराष्ट्रको मुख्यमन्त्रीमा शपथ



काठमाडौं, मंसिर ७ । भारतको महाराष्ट्रमा राजनीतिक घटनाक्रमले नाटकीय रुप लिने क्रममा बाजी भारतीय जनता पार्टी भाजपा ले जितेको छ ।

लामो रस्साकस्सीपछि महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले शपथ लिएका छन् ।

राष्ट्रपति कांग्रेस पार्टीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र फेरि एकपटक महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन् । एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् ।

एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति बनेको थियो । एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो । तीन पार्टी्िबच शनिबार बाँकी विषयमा चर्चा हुने तय गरिएको थियो ।

तर रातभरमा घटनाक्रम फेरियो र बिहानै देवेन्द्र फडणवीस र अजित पवारले मुम्बईको राजभवनमा शपथ लिएका हुन् । हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन । भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्