Logo

काका शरद पावरलाई छक्याउँदै अजित पावर बने महाराष्ट्रको सत्ताको ‘गेम चेन्जर’



राजनीतिक सम्भावना नै सम्भावनाको खेल हो । यस्तै भयो भारतको महाराष्ट्र राज्यमा । कुनैपनि दलले बहुमत नल्याएपछि सत्ताको रस्साकस्सी चलिरहेको थियो । चुनाव सकिएको झण्डै एक महिना पुग्न लाग्दा समेत कुनै दलले सरकार बनाउन सकेको थिएन ।

भारतको केन्द्र सरकारमा सत्तामा रहेको भारतीय जनता पार्टीका देवेन्द्र फडनाविस पुनः मुख्यमन्त्री बन्न नसक्ने अवस्था बनिसकेको थियो । महाराष्ट्रको राजनीतिमा प्रभावशाली मानिएको कँग्रेस आई, शिव सेना र नेष्नल कँग्रेस पार्टी मिलेर सरकार बनाउनेबारे अन्तिम टुंगो लाग्दै थियो । तर, एकै रातमा खेल बदलियो ।

नेष्नलिष्ट कँग्रेस पार्टीका अजित पावर भाजपासँग सत्ता गठबन्धनमा मिल्न पुगे । एनसीपीका अजित पावर भारतमा सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बनेका शरद पावरका भतिजा हुन् । महाराष्ट्र राज्यको पुणे क्षेत्रमा प्रभावशाली शरद पावरका भतिजाले भाजपासँग हातेमालो गरेपछि राजनीतिक विश्लेषकहरु नै आश्चर्यमा परेका छन् । स्वयं शरद पावरले अजितको निर्णय व्यक्तिगत भनेका छन् ।

६० वर्षीय अजितले महाराष्ट्रमा अस्थिरता आउन नदिन आफूले कठोर कदम चालेको बताएका छन् । उनी महाराष्ट्रको उप मुख्यमन्त्री बनाइएका छन् । भाजपालाई नपुगेको १० सिट उनले पुर्याइदिएका छन् । धेरैले भाजपाले शिव सेना फुटाइदिने अनुमान गरेका थिए । शिव सेनाका उद्धव ठाकरे मुख्यमन्त्री बन्ने आँकलन समेत गरिएको थियो । उद्धवले आलोपालो मुख्यमन्त्रीको दाबी गरेपछि भाजपासँग सत्ता गठबन्धन टुटेको थियो ।- एजेन्सीको सहयोगमा Photo Source: nationnext



प्रतिक्रिया दिनुहोस्