Logo

सुर्खेतमा ऋषि धमलालाई भव्य स्वागत (फोटोफिचर)



सुर्खेत, ७ मंसिर । रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति ऋषि धमलालाई कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भव्य स्वागत गरिएको छ । आजबाट सुरु हुने क्लबको कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्धघाट्न गर्न सुर्खेत पुगेका पत्रकार धमलालाई विमानस्थलमै स्थानीय जनता, विभिन्न पार्टीका सक्रिय नेताहरुले फुलमाला र खादा ओढाएर स्वागत गरेका थिए ।

विमानस्थलबाट धमला बस्ने होटलसम्म ठूलो संख्यामा स्थानीय जनताहरुले गरेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, केन्द्र सरकार नवनियुक्त स्वास्थ्यराज्यमन्त्री नवराज रावत र कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालालगायतले धमलालाई भव्य स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्