Logo

सुख शान्तिका निम्ति मिलेर काम गर्न आवस्यक : गृहमन्त्री थापा



काठमाडौँ, ७ मङ्सिर : गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भनेर व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको शनिवार यहाँ उद्घाटन गर्दै उनले आफ्नो देश र जनताको सुख शान्तिका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले द्वन्द्व र युद्धको विभिषिकाबाट जोगाउने बुद्ध मन्त्रप्रति सबैले आत्मबोध गरी बौद्ध शिक्षालाई आत्मसात गरेमात्र वास्तविक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुने बताए । उनले समाज सुधार, एकता र विश्व शान्तिका निम्ति बुद्ध वाणी प्रेरक छन् भने ।

दुईदिने उक्त सम्मेलनमा आयोजक समितिका संयोजक वसुन्धरा श्रेष्ठले बर्सेनी बौद्ध एकता सम्मेलन आयोजना गरिने जानकारी दिए ।

सम्मेलनमा श्रीलङ्काबाट १५, थाइल्यान्डबाट २०, चीनबाट १२ र भारतबाट ४० गरी ८५ जना विदेशी र ५० जना स्वदेशी भिक्षुभिक्षुणी सहभागी भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्