Logo

खाडीमा हरेक दिन १५ भारतीयको मृत्यु



रोजगारीको सिलसिलामा खाडी मुलुक जाने भारतीयमध्ये हरेक दिन १५ जनाको मृत्यु हुनेगरेको छ । भारतको विदेश मन्त्रालयको तथ्यांकले सन् २०१४ यता हरेक दिन उक्त संख्यामा भारतीयको निधन हुने तथ्य सार्वजनिक भएको हो ।

साँढे पाँच वर्षयता ३३ हजार नौ सय ८८ भारतीयको खाडीमा मृत्यु भइसकेको छ । सन् २०१९ मा मात्र चार हजार आठ सय २३ जनाको मृत्यु भयो ।

विगत पाँच वर्षमा साउदी अरेबियामा १९२०, संयक्त अरब इमिरेट्समा १४५१, कुवेतमा ५८४, ओमानमा ४०२, कतारमा २८६ र बहराइनमा १८० जनाको निधन भएको तथ्यांक छ । मृत्युको कारण दुर्घटना, तनाव, कठिन काम र मौसम रहेको उल्लेख छ ।

रोजगारीको सिलसिलामा करोडौं भारतीय विदेशमा छन् । अधिकांश खाडी देशहरुमा छन् । निम्न आर्थिक अवस्था भएका अधिकांश भारतीय रोजगारीको सिलसिलामा खाडी देशहरु जाने गर्छन् । उनीहरुको मृत्युको तथ्यांकको विषय भारतीय संसदमा गम्भीरताका साथ उठेको छ ।-एजेन्सीको सहयोगमा Photo Source: khaleejtimes



प्रतिक्रिया दिनुहोस्