Logo

हाम्रो सभापति बोल्नुभयो तर भारतसँग प्रधानमन्त्रीले कुरा गर्न सक्नुभएन्



शरद रेग्मी : दाङ, ७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार निर्वाचनप्रति गम्भिर नभएको बताएका छन । रिपोर्टर्स क्लब दाङले शान्तिनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकार आचारसंहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाइ निर्वाचन आचारसंहिता विपरीत गतिबिधि गर्न लागाउनु दुःखद् घटना भएको बताए । दाङबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराउँदै उनले भने,‘निर्वाचन आचारसंहिताको पालना सबै पक्षबाट हुनुपर्छ त्यसको लागि नेपाली काँग्रेश सधै तयार रहेको छ ।’

निर्वाचन प्रभाब पार्ने खालका गतिबिधिलाई तत्काल रोक्न नेकपाको दुईतिहाई सरकारलाई आग्रह समेत गरे । लिपुलेकको विषयलाई लिएर देश एक भएको बेला सरकार सिमाबाट भारतीय सेना हटाउने कुटनीतिक पहल गर्न नसकेका भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत वनाए ।
बरु रास्ट्रबादी कुरा गरेर चुनाव जितेको नेकपा सरकार आज देशको सिमा मिचिँदा पनि भारतीय सेना हटाउन कुटनितिक पहल नगरि जनताको ध्यान मोड्नतर्फ लागेको पनि उनले आरोप लगाए ।

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले भने,‘हाम्रो पार्टीका सभापतिले भारतीय राजदुतसंग सिमा मिचिएको विषयमा फोनमार्फत प्रश्न गरेर सोध्दासमेत दुई तिहाई भएको सरकार भने यो विषयमा गम्भिर भएर अघि बढ्न सकेको छैन् ।’

नेकपाको सरकारले यो विषयलाई लिएर दिल्लीसंग तत्काल छलफल गर्न सक्नुपर्ने उनको भनाई छ । सीमाको विषयलाई लिएर प्रतिपक्ष कांग्रेश सरकारको समर्थनमा रहँदापनि दुईतिहाई सरकार गम्भिर नदेखिनु र कुटनितिक पहल नथाल्नु दुःखद् भएको उनले वताए ।

शर्माले यो उपनिर्वाचनमा जनतासंग नेकपाले मतदान माग्ने कुनै आधार नभएको बताउँदै सरकारको गतिबिधिलाई सच्चाउनको लागि नेपाली काँग्रेसको पक्षमा मतदान गर्न उनले आग्रह समेत गरे ।कार्यक्रमको सहजीकरण क्लबका उपाध्यक्ष बालाराम खड्काले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्