Logo

शेयर बजारमा अर्थमन्त्रीको हमला, बर्खास्तीको आशामा तुषारापात



काठमाण्डौ । निरन्तर चार बर्षदेखि सेयर बजार घट्दोक्रममा रहेको छ । लामो समयको चक्र पार गरिसक्दा पनि बजार घट्दोक्रममा रहनु अर्थतन्त्रकै लागि यो राम्रो संकेत होईन । बजार घट्नुको सम्पूर्ण दोषभने लगानीकर्ताहरुले आर्थिक क्षेत्रमा निकै नै विज्ञ मानिएका अर्थमन्त्री डा. युवराज खतिवडामाथि दिर्दै आएका छन् ।

चार बर्षघि नेपाली शेयर बजार २४ खर्ब रुयैयाँ लागनी थियो । अहिले उक्त रकम १४ खर्ब ३७ अर्बमा खुम्चिएको छ । शेयर बजारमा बैंकिङ्समुहदेखि जलविद्युत, ईन्स्युरेन्सलगायत प्राय सबै कम्पनीको सेयर मूल्य घटेर गएको छ । सबै कम्पनीहरुको साधारण शेयर आईपिओ विक्री हुनै छाडेको छ ।

तीन बर्षअघि २०७३ साउन १२ गते बजारले कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । त्यसको तीन बर्षपछि साउन २४ गते १२ सय ३८ अंकमा थियो । तर, साउनयता बजार १ सय १८ अंकले घटेर बजार अहिले ११ सय २० अंकमा झरिसकेको छ । १५ दिन अघिसम्म बजार ११ सय ४० अंकमा थियो । दिनानुदिन यसरी बजार घट्नु राम्रो संकेत होईन् ।

बजार बढ्ने आशामा घरखेत बेचेर बैंक फाईनान्स र सहकारीबाट चर्को ब्याजमा ऋण काढेर लाखौ लगानी गर्नेहरुको आशामा तुषारापात हुन पुगेको छ । लगानीकर्ताले १० खर्ब गुमाईसकेका छन् । यसरी दिनानुदिन सेयर बजार ओरालो लाग्नुको सम्पूर्ण दोष भने अर्थमन्त्री डा खतिवडाकै रहेको सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल बताउँछन् ।

कम्पनीका संचालक तथा प्रमोटर सेयर खरिदकर्ताहरु सुरक्षित नै रहे पनि दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरु भने निकै मर्कामा परेका छन् । प्रधानमन्त्री केपिशर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्दा अर्थमन्त्री खतिवडाको वहिर्गमन होला भन्ने धेरै लगानीकर्ताहरुले आशा गरेका थिए । तर, लगानीकर्ताको अपेक्षा पूरा भएन । सेयर बजारप्रति नकारात्मक प्रतिक्रिदिने अर्थमन्त्रीलाई नहटाइएपछि लगानीकर्ताहरु झन बजार घट्ने हो कि भन्ने चिन्तामा रहेको लगानीकर्ता गोपाल स्वामी बताउँछन् ।

विश्व बजारमै कुन देशको अर्थतन्त्र उकालो ओरोलो कता गईरहेको सेयर बजारले प्रतिविम्वत गर्नेगर्छ । मुलुककै आर्थिक बृद्धि ६ प्रतिशतमाथि पुगिसकेको छ । कम्पनीहरुले धमाधम लाभांश वितरण र घोषणा गरिसकेका छन् । शेयर बजार नियमन गर्दै आएको धितोपत्र बोर्ड असोज २९ गतेबाट अध्यक्षविहिन बन्न पुगेको छ ।

तर, अध्यक्षको लागि अर्थमन्त्रीकै निकटका व्यक्तिहरु दौडधुप गरिरहेको समाचारहरु बाहिरिरहदा अर्थमन्त्रीले स्वयं अध्यक्ष नियुक्त गर्नेतर्फ ध्यान दिन सकेका छैनन् । जस्ले गर्दा अर्थमन्त्रीप्रति लगानीकर्ताहरु झनै नकारात्मक बन्ने अवस्था सृजना भएको छ ।



प्रतिक्रिया दिनुहोस्