Logo

जोसे मोरिन्होले टोटेन्हाम सम्हालेपछि पहिलो जीत



इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहामले वेष्ट हेमलाई पराजित गरेको छ । वेष्ट हेमको मैदानमा टोटेनहामले ३-२ को जित निकालेको हो ।

जोसे मोरिन्हो प्रशिक्षक बनेर आएलगत्तैको यो जीत हो । लिगको दाबेदार मानिएको टाटेनहामको खराब प्रदर्शनपछि जोसे मोरिन्हो नयाँ प्रशिक्षकका रुपमा आएका हुन् ।

टोटनहामका लागि कोरियाली स्टार सन हुङ मिनले ३६ औं मिनेटमा गोल गरेका थिए । लुकास मोराले ४३ औं र कानले ४९ औं मिनेटमा गोल गरेर जीत सुनिश्चित गरेका थिए ।

तर, खेलको अन्तिमति वेष्ट हाम बलियो रुपमा प्रस्तुत भयो । ७३ औं मिनेटमा आन्टोनियो र ९६ औं मिनेटमा अन्टोनियोले गोल गरेपनि जितका लागि पर्याप्त रहेन । जीतसँगै टोटनहाम तालिकाको छैठौं स्थानमा उक्लिएको छ । Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्