Logo

‘काली नदीको मुहान कालापानी भारत-तिब्बत सीमामा’ रहेको उल्लेखित पुस्तकमा राजा वीरेन्द्रको सन्देश



काठमाडौं, ७ मंसिर । भारतका वरिष्ठ पत्रकार तरुण विजयले ‘काली नदीको मुहान कालापानी भारत-तिब्बतको सीमामा’ रहेको उल्लेख गरी लेखेको यात्रा वर्णनमा तत्कालिन राजा वीरेन्द्र शाहको सन्देश भेटिएको छ । सन् २००१ मा प्रकाशित भएको ‘ए पिलग्रिमेज टु मानसरोवरः यन ओडेसी इन तिब्बत’ पुस्तकमा उनले कालापानीलाई भारत र तिब्बतको सीमामा रहेको भनी यात्रा वर्णनमा लेखेका छन् जुन पुस्तकमा तत्कालिन राजा वीरेन्द्रले छोटो समिक्षा समावेश गरिएको छ । तत्कालिन राजा वीरेन्द्रले पुस्तक तीर्थयात्रीहरुका लागि पुस्तक फलदायी हुने विश्वास समेत व्यक्त गरेका छन् ।

पुस्तकमा काली नदीको मुहान कालापानी भनिएपनि नेपालले लिम्पियाधुरा मुहान भन्दै आएको छ । काली नदीको मुहानलाई नेपाल र भारतको सीमा मानिएको छ । तर, तरुण विजयको पुस्तकमा कालापानीलाई मुहान भनिएको छ जसमा तत्कालिन राजा वीरेन्द्रको सन्देश हस्ताक्षरसहित प्रकाशित छ । तरुण विजयले लेखेका छन्, ‘काली गंगा काली मन्दिरबाट उत्पत्ति हुन्छ जुन भारत-तिब्बत सीमाको कालापानीमा अवस्थित छ ।’

तरुण विजय पाञ्चजन्यको प्रधानसम्पादक हुँदा यात्रा वर्णनको पुस्तक प्रकाशित भएको थियो । विजयको पुस्तकमा दिल्ली देखि कालापानी, मानसरोवर हुँदै कैलाश पर्वत यात्रा गरेको नक्शा समेत प्रकाशित छ । तर, नक्शामा कालापानी र लिपुलेक भारतको भनी उल्लेख गरिएको छ ।

नक्शामा काली नदी समेत देखाइएको छ । तर, काली नदीको मुहान लिपुलेक देखाइएको छैन । दिल्लीबाट, काठगोदाम, कौसानी, भगेश्वर, धार्चुला, तवाघाट, शिरखा, माल्पा, गुन्जी, कालापानी, नविढंग, लिपुलेक, ताक्लाकोट, जैदी, चुगु, मानसरोवर, होरे, तार्चेन, डेराफुक, कैलाश पर्वत, जुटुलफुक हुँदै होरेबाट लासा पुगी त्यहाँबाट फर्केर मानसरोवरबाट चुगु हुँदै जैदी र ताक्लाकोटको मार्गबाट पुनः दिल्ली फर्किएको उल्लेख छ ।

कुल २७ दिनको यात्रामा धार्चुला देखि गालासम्मको पैदल यात्रा गरेको उल्लेख छ । कुल १३ दिन चीनमा बिताएको पुस्तकमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्