Logo

बार्सिलोनाको संघर्षपूर्ण जीत, भीडाल नायक



काठमाडौं, ७ मंसिर । स्पेनिश जायन्ट बार्सिलोनाले लेगेनाशसँगको खेलमा संघर्षपूर्ण जीत निकालेको छ । आज राति भएको खेलमा बार्सिलोनाको लागि निर्णायक गोल आर्टुरो भिडालले गरेका थिए । अंक तालिकाको पुछारमा रहेको बार्सिलोनालाई तीन अंक जोड्नको लागि निकै कठिनाई परेको थियो । खेलको सुरुवातमै लेगेनासले बार्सिलोनाविरुद्ध पहिलो गोल गरेको थियो ।

पहिलो हाफमा दबाबमा परेको बार्सिलोना खेल अवधिभर लेगेनासविरुद्ध हाबी भएको थियो । तर, खेलमा फर्किनको लागि बार्सिलोनालाई दोस्रो हाफ कुर्नुपरेको थियो । बार्सिलोनाको लागि पहिलो गोल लुईस स्वारेजले गरेका थिए । यो जीतसँगै बार्सिलोना लिगको अंक तालिकाको शीर्ष स्थानमा छ । आज राति रियल मड्डिले रियल सोसाईडडसँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्