Logo

परराष्ट्रमन्त्री रशिया प्रस्थान, नेपाल भ्रमणमा आउलान त पुटिन?



काठमाडौं, मंसिर ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका छन् ।

उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी रहेका छन् । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गरेका थिए ।

केहि समय पहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा नेपाल भ्रमणको चर्चा भएकाले त्यसको सम्भाव्यता अध्ययन मन्त्रीसहितको टोली त्यसतर्फ उडेको समाचारहरुमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्