Logo

साग अन्तर्गतका कुन खेल कहिले हुँदैछन्? तालिकासहित



काठमाडौं, मंसिर ७ । दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद साग आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको सङ्ख्या निर्धारण लगायतको काम सम्पन्न भएको छ ।

आर्चरी खेल मङ्सिर १५ देखि २३ गतेसम्म
एथलेटिक्स १७ गतेदेखि २१ गतेसम्म
बास्केटबल १९ गतेदेखि २४ गतेसम्म
बक्सिङ ६ गतेदेखि २४ गतेसम्म
पुरुष क्रिकेट १७ देखि २४ गतेसम्म
महिला क्रिकेट १६ देखि २३ गतेसम्म
साइक्लिङ १७ देखि २१ गतेसम्म
फेन्सिङ २० देखि २३ गतेसम्म
पुरुष फुटबल १५ देखि २४ गतेसम्म
महिला फुटबल १६ देखि २४ गतेसम्म
गल्फ १६ देखि १९ गतेसम्म
ह्याण्डबल १८ देखि २३ गतेसम्म
जुडो २१ देखि २४ गतेसम्म
कबड्डी १८ देखि २३ गतेसम्म
कराँते १५ देखि १८ गतेसम्म
खोखो १५ देखि १८ गतेसम्म
सुटिङ १७ देखि २२ गतेसम्म
स्क्वास २० देखि २४ गतेसम्म
पौडी १९ देखि २३ गतेसम्म
तेक्वान्दो १६ देखि १९ गतेसम्म
टेनिस १६ देखि २३ गतेसम्म
ट्रायथोलन १६ देखि १८ गतेसम्म
भलिबल ११ देखि १७ गतेसम्म
भारोत्तलन १९ देखि २२ गतेसम्म
कुस्ती २० देखि २३ गतेसम्म
उसु १६ देखि १९ गतेसम्म
टेबल टेनिस १६ देखि २० गतेसम्म

सागमा नेपालबाट ५९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । तीमध्ये पुरुष ३१२ र महिला २८७ खेलाडी रहेका छन् । सागको राष्ट्रिय टिम तयारी समितिले आयोजकको नाताले टिम र पदक जित्ने खेलको अवस्था हेरेर खेलमा खेलाडी थपघट गर्न भने सक्नेछ ।
–––



प्रतिक्रिया दिनुहोस्