Logo

प्रहरीमा भर्ती हुन नक्कली कपाल



काठमाडौं,मंसिर ८ । भारतको महाराष्ट्र राज्यस्थित प्रहरी एकेडेमीमा एक युवकले प्रहरीमा भर्ती हुन हदैसम्म गरेका छन्। आफुलाई सानै देखि प्रहरीमा जागीर खान रहर भएको बताउने किसन पाटिल नाम गरेका ती १९ बर्षिय युवकले आफ्नो छोटो उचाई कम भएको भन्दै बाक्लो नक्कली कपालको प्रयोग गरेका छन् ।

प्रहरीम भर्ती हुन निश्चित उचाई चाहिने भएपछि उनले उचाई नपुग्ने भएका कारण नक्कली कपालको प्रयोग गरेका हुन । अहिले प्रहरीले उनको कपाल उखेल्यको फोटो समाजिक सञ्जालमा भाईरल भई रहेको छ ।

प्रहरीले फिजिकल टेस्टको लागि बोलाउदा हाइट बढाउन टाउकोमा नक्कली कपाल लगाएर परिक्षा दिन पुगेका उनको चलाखि प्रहरीले समातेको छ । प्रहरी अधिकारीलाई उनीमाथी शंका लागेर जाँच गर्दा उनको कपाल प्रहरी अधिकारीको हातमा आउदा उपस्थित सबै अचम्ममा परेका छन् ।

भर्ती प्रक्रियाका इन्चार्ज रविन्द्र सिंघलले किसन नक्कली कपाल लगाएर फिजिकल टेस्ट दिन आएको र चेक जाँचका क्रममा आफुले उनको चलाखी समातेको बताएका छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्