Logo

कालोसूचीमा चिनियाँ कम्पनीको संख्या बढी



काठमाडौं, मंसिर ८ । विभिन्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, फर्म तथा कम्पनीले ढिलासुस्ती तथा लापरबाही गर्ने र नियमअनुसार काम नगर्ने प्रवृत्ति झनै बढेर गएको छ ।व्यवसायी तथा कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण सरकार आलोचित हुँदै आएको छ ।

सरकारले समयभित्रै काम नगर्ने तथा सम्झौताको पालना नगर्ने व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्दै आए पनि ढिलासुस्ती हट्न सकेको छैन ।स्वदेशी व्यवसायी तथा कम्पनी मात्र नभएर दर्जनौँ विदेशी कम्पनीसमेत नेपाल सरकारको कालोसूचीमा परेका छन् ।

चिनियाँ कम्पनी सेन्जेन फराड इलेक्ट्रिकलाई कालोसूचीमा राखेको छ । यस्तै, चिनियाँ अर्को कम्पनी हुईझु झोंगचेंग इलेक्ट्रिक टेक्नोलोजी कम्पनी पनि कालोसूचीमा परेको छ ।

यस्तै नेपाल उड्डयन प्र्रा्धिकरणकोे अनुरोधमा चीनकै चाइना सानिक्स कन्ट्रक्सन ग्रुप र विद्युत् प्राधिकरणको अनुरोधमा सेन्ट्रल चाइन पावर ग्रिड इन्टर नेसनल इकोनोमिक एन्ड ट्रेड लिमिटेड पनि सन् २०२२ सम्म कालोसूचीमा छ ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्