Logo

घाम देख्नै पाउँदैनन् थुनुवा



काठमाडौं, मंसिर ८ । देशभरका ७२ वटा कारागारमा २३ हजार १ सय ३६ जना कैदी र थुनुवा छन्, क्षमता भने १६ हजार ५ सय ५६ जना मात्र अट्ने हो । पुराना र जीर्ण भवनमा कैदी र थुनुवाले न्यूनतम आवश्यकतासमेत पाउन सकेका छैनन् ।

पानी चुहिने छानो । भित्तैपिच्छे इँटा उक्किएको कच्ची गारो । एक सय ३५ जना क्षमताको जीर्ण भवनमा ५ सय ३५ कैदी र थुनुवा । सुत्न, दिसा–पिसाब गर्न र नुहाउन घन्टौं कुर्नुपर्ने बाध्यता । वि।सं। १९१३ मा बनेको महोत्तरीस्थित जलेश्वर कारागारको दृश्य हो यो ।

–बाँके कारागारको क्षमता ३ सय जनाको हो । अहिले ७ सय ८७ कैदी र थुनुवा छन् । तीन हजार जना क्षमताको क्षेत्रीयस्तरको कारागार निर्माणका लागि पप्पु–रसुवा कन्स्ट्रक्सन कम्पनीले ३८ करोड ६८ लाख रुपैयाँमा जिम्मेवारी पाएको तीन वर्ष बितेको छ । यस अवधिमा ५ प्रतिशत मात्र काम भएको छ ।

–२ सय ८० जना क्षमताको चितवन कारागारमा ७ सय ६८ जना राखिएको छ ।

–७० जना क्षमताको दाङको घोराही कारागारमा २ सय ९४ जना र ३ सय जना क्षमताको तुलसीपुर कारागारमा ४ सय ११ कैदी र थुनुवा छन् ।

–२५ जना क्षमताको ताप्लेजुङ कारागारमा १ सय ३३ जना कैदी र थुनुवा छन् । वि।सं। १९५२ मा बनेको भवनको गारो बेलाबेला भत्किने गर्छ । भत्केको प्वालमा ढुंगा मिलाउँदामिलाउँदै गारो टालेको कपडाजस्तो बनेको छ । महिला राख्ने ठाउँ छैन । कारागारको स्वामित्वमा ५ रोपनी जग्गा रहे पनि भवन बनाउने योजना छैन ।

मुलुकभरका कारागारको जीर्ण अवस्था र कैदी एवं थुनुवाको कष्टकर जीवन झल्काउने केही उदाहरण हुन् यी ।आजको कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्