Logo

पश्चिमा समाजमा एकालकाटे बन्दाको परिणामः पूर्व नौसैनिकको शव तीन वर्षसम्म अर्पाटमेन्टमा



उनको मृत्यु भएको तीन वर्ष भइसकेको थियो । तीनवर्षयता उनी सम्पर्कमा नआउँदा आमाबाहेक कसैले खोजविन गरेन । पत्नीसँग सम्बन्ध बिच्छेद भइसकेको थियो । उनको अवस्थाबारे चासो राख्ने आमासिवाय कोही भएन ।

छोराले फोनसम्पर्क पनि नगरेपछि उनले प्रहरीमा उजूरी दिइन् । प्रहरीले खोजविन गर्यो । उनी देशबाहिर कामका सिलसिलामा गइरहने कारण विदेशिएको हुनसक्ने भन्यो ।

अन्तमा उनको शव बस्दै आएको अर्पाटमेन्टमा गत हप्ता भेटियो । भान्छामा कंकालमात्र बाँकी थियो । भाडा पेन्सनबाट आउने रकमबाट स्वतः अर्पाटमेन्ट मालिकको खातामा पुग्थ्यो । अर्पाटमेन्ट मालिकले बहाल बस्नेले पानी किन प्रयोग गरेनन् भनेर चासो राखे । अर्पाटमेन्टको ढोका फोड्न लगाए । भित्र पस्दा कंकाल भेटिएको थियो ।

यो घटना अमेरिकाको हो जहाँ एकजना पूर्व नौसैनिकको तीन वर्ष अघि बस्दै आएको अर्पाटमेन्टमा मृत्यु भइसक्दा पनि बल्ला थाहा भयो । टेक्सासको डल्लासको अर्पाटमेन्टमा बसेका रोनाल्ड वेइनी वाइटको मृत्यु हुँदा ५१ व्र्षको रहेको बताइएको छ । उनको कंकाल भेटिनु अमेरिकामा एक अर्काप्रतिको बेवास्ता र मानिसहरुबीच कम सम्पर्क हुने गरी स्वचालित प्रणालीको विकास मानिएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्