Logo

यिनलाई कहिले पठाउने नख्खु ?



काठमाडौं,मंसिर ८ । यतीबेला २०६४ सालको संविधानसभा चुनावमा भएको भनिएको बम विस्फोटमा परेका घाइतेहरुलाई जिउँदै ईट्टाभट्टामा हालेर जलाएको अभियोग लागेका रौतहटका कांग्रेस नेता मोहम्मद आफताब आलम पुर्पक्षकालागि नख्खु काराकागरमा कैद छन् । उनीमाथी १२ बर्षअधि पहिलो संविधानसभा चुनावका बेला बुथ कब्जा गर्न बम विस्फोट भएपछि घाइते भएका आफ्नै कार्यकर्तालाई जिउदै आफ्नै इट्टाभट्टामा हालेर पोलेको आरोप रहेको छ । यस घटनाप्रति हाल अनुसन्धान भईरहको छ ।

तर, त्यस्तै जधन्य अपराधको अधियोग लागेका नेकपाका अन्य नेताहरु भने खुलेआम हिडिरहेका छन् । सरकारले उनीहरुमाथी लागेको हत्या अभियोगको छनबिन गर्नु त परै जाओस् आरोपित मध्येका एक जनालाई मन्त्री नै बनाउन भ्याएको छ । मन्त्रीपरिषद् हेरफेरको क्रममा मन्त्री बन्ने अवसर पाएका मन्त्री बन्ने अवसर पाएका हत्याका अभियोगी हुन नेकपाका नेता पार्वत गुुरुङ ।

हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतको साधारण तारेखमा रहेका मन्त्री गुरुङलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी दिइएको छ । बुधबार मन्त्री नियुक्त हुनु ठिक ३० दिन अधिमात्र उनी कर्तव्य ज्यान उद्योगमा काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा छुटेका थिए ।

उनी विरुद्व पार्टीकै कार्यकर्ता वीरुध्वज खड्काले ‘आफूलाई व्यक्ति परिचालन गरेर ज्यान मार्ने उद्योग गरेको’ आरोप लगाएका छन् । खड्काले दिएको किटानी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पर्जी जारी गरेपछि सांसद गरुङ कार्तिक ३ गते काठमाडौं जिल्ला अदातलमा उपस्थित भएका थिए । जिल्ला अदातलका न्यायधीस पूर्णेश्वरकुमार उपाध्यायको इजलासले सोही दिन सांसद गुरुङलाई साधारण तारेखमा राख्ने आदेश दिएको थियो ।

प्रहरीले प्रतिवादी कायम गरेका सबै अदालतमा हाजिर भएपछि अब साक्षीको बकपत्र सुरु हुँदैछ । काठमाडौं जिल्ला अदालतको इजलास नम्बर ७ मा मंसिर २४ गते मन्त्री गुरुङ उपस्थित हुनु पर्ने छ । गत स्थानिय तहको निर्वाचनमा दोलखाको गौरिशंकर गाँउपालिका १ मा नेकपा एमालोबाट वडा सदश्य उम्मेदवार बनेका कुलबहादुर तामाङको हत्या भएपछि उत्पन्न विवादमा भएको झगडामा सांसद गुरुङ मुछिएका थिए ।

अनुसन्धानमा चुनावी प्रचारका क्रममा प्रमुख विपक्षी रहेको माओवादी केन्द्रका कार्यकर्ताले रेशमडाँडामा २६ बैशाख ०७४ मा राति भाला र अन्य धारिलो हतियार प्रहार गरेर तामाङको हत्या गरेको खुलेको थियो ।

उनलाई पार्टी छाडेर एमाले तिर लागेको भन्दै हत्या गरिएको अनुसन्धानबाटै खुलेको थियो ।तामाङ घटनाको केहि दिन अधिमात्र वाईसियल छोडेर एमालेमा लागेका थिए । तामाङ परिवारले हत्याको आरोपमा माओबादीबाट राज्यमन्त्रीबाट बनिसकेकी देवी खड्का, नेता विशाल खड्का, गंगा कार्की, विमर्शराज कार्कीसहित ४० जना विरुद्व जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए ।

यसैगी हत्या आरोप लागेर अदालतमा मुद्दा पुगिसकेका नेकपाका नेताहरुमा अग्नी सापकोटा,सूर्यमान दोङ,प्रभु शाह लगायत छन् ।
सापकोटा र दोङ काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा मुछिएको आरोप लागेका व्यक्ति हुन । नेकपाका प्रदेश नम्बर दुई का इन्चार्ज प्रभु शाहमाथी काशी तिवारीको हत्या गरेको आरोप छ ।देशान्तर साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्