Logo

अष्ट्रेलिया बलियो स्थानमा



ब्रिसबेन, मंसिर ८ । ब्याटिङ र बलिङ दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गरेसँगै अस्ट्रेलिया भ्रमणकारी टोली पाकिस्तानविरुद्धको पहिलो टेस्टमा सुखद नतिजाको संघारमा पुगेको छ। शनिबार तेस्रो दिनको खेल समाप्तीमा पाकिस्तान ६४–३ मा खेलिरहेको छ। जुन अस्ट्रेलिया भन्दा २ सय ७६ रन कम हो। पाकिस्तानका सन मन्सुद २७ रनमा र बाबर आजम २० रनमा अविजित छन्। ३३ बलको सामना गरेका आजमले २ चौका प्रहार गर्दा मन्सुदले ४७ बल खेल्दै ३ चौका प्रहार गरे।

आजम र मन्सुदले चौथो विकेटका लागि अविजित ३९ रनको साझेदारी गरिसकेका छन्। दोस्रो इनिङमा पाकिस्तानले १३ रन जोड्दा कप्तान अजहर अलीलाई पहिलो विकेटको रूपमा गुमाएको थियो। अली९५रनलाई मिचेल स्टार्कले एलबिडब्लुको शिकार बनाएका थिए। थप १२ रन जोड्दा पाकिस्तानले ह्यारिस सोहिल र असहद साफिकलाई पनि गुमाएको थियो।



प्रतिक्रिया दिनुहोस्