Logo

भारतसँगको सीमा विवादबारे पूर्व राष्ट्रपति रामवरण यादवको यस्तो धारणा



सिन्धुली, ८ मंसिर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले भारतसँगको नेपालको सीमावारे बोलेका छन् । उनले भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखेका छन् । आइतबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कार्यकर्ता भेटघाटका क्रममा पूर्व राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

उनले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे । उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएकाले यस समस्यालाई सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिए ।

अर्को प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा दोहन बढेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्