Logo

पृथ्वीमा जीवनको अस्तित्व नरहेको ठाँउ



पृथ्वीको प्रायः हरेक कुनामा मानिसहरुले आफ्नो जीवनयापन गरिरहेका हुन्छन्  । पृथ्वीको वातावरणले मरुभुमिदेखि बरफले भरिएको ठाउँसम्म मानिसहरुले जीवनयापन गर्न सक्दछन् । तर इथियोपियाको ड्यालोल भन्ने ठाउँमा जीवनयापन गर्न नसक्ने वैज्ञानिकहरुको नयाँ अजुसन्धानले जनाएको छ ।

विभिन्न अनुसन्धानको क्रममा त्यो ठाउँ अत्याधिक मात्रामा गर्मी, नुनिलो र अम्लीय रहेको कारण जीवनयापन हुन नसक्ने विज्ञहरु बताउँछन् । त्यहाँ अवस्थित पोखरीहरु ज्वालामूखी क्रेटरसम्म पुगेको हुँदा पोखरीको पानी नुनिलो र विभिन्न बिषालु ग्यासहरुले भरिएको छ । जाडो मौसममा दिनको तापमान करिब एक सय १३ डिग्री फेरेनहाइट हुने गर्दछ । त्यस बेला पोखरीमा अम्लीय समेत हुनेगर्छ ।

यस्तो तापक्रममा कुनै प्रकारका जीवलाई बाच्न कठिन हुने पुष्टि गरेका छन् । म्यागनेसियम बढी भएको कारणले त्यहाँ रहेको पोखरी र तालहरुको रङ कालो र पहेँलो हुनेगर्छ । जीवनयापन गर्न चाहिने रासायनहरुलाई अवरोध पुर्याउने वातावरण रहेको कारणले गाह्रो हुनेगर्छ । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्