Logo

एआईजी ठूले राई सिइओ बन्न असफल



काठमाडौं, ८ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा १३ जनामध्येबाट तीन जनाको ‘सर्टलिष्ट’ तयार भएको छ । त्यसमा नेपाल प्रहरीका एआईजी ठुले राई पर्न असफल भएका छन् ।

सिईओका लागि राईसहित १३ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्येबाट तीन जनाको नाममा छनोट भएको हो । अनिल पोखरेल, डा प्रेम बहादुर थापा र विष्णु प्रसाद खरेलको नाम सिईओका लागि सिफारिस भएको हो । उनीहरु तीनमध्येबाट सरकारले एक जना छान्ने छ ।

शैक्षिक, योग्यता, तालिम र अनभुवको नम्बर नै कम भएपछि राई छनोट हुन नसकेका हुन् । २५ नम्बर पूर्णाङमा उनले २१.५ नम्बर पाएका थिए । डा सुबोध ढकाल र डा प्रेम कुमार थापाले सर्वा्धिक समान २४.५ नम्बर पाएका छन् । उनीहरुको नाम सिफारिस भएको गृह मन्त्रालय स्रोत बताउँछ । माघमा अवकाश पाउन लागेकाले राईले सो पदमा दाबी गरेका थिए ।

गृहसचिव प्रेम कुमार राई अध्यक्षताको समितिले तीन जनाको नाम सिफारिस गरेको हो । आगामी मन्त्रिपरिषद् बैठकले सिईओ छान्ने बुझिएको छ । दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्